- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा रोल्पाका अमर सिंह पुन बिजयी भएका छन् पुनले ८५२ मत प्राप्त गरी बिजयी हुदा उहाका प्रतिद्धन्दी रुपन्देहीका भरत कुमार शाहले ७६७ मत पाएका छन् ।
निर्बाचित पुन पौडेल समुहका हुन भने शाह देउवा समुहका ।
त्यसै गरी उपसभापति २ पदमा भुवन प्रसाद श्रेष्ठ र राजु खनाल बिजयी भएका छन् । श्रेष्ठले ८४७ र खनालले ७९२ मत ल्याएका छन् । श्रेष्ठ देउवा पक्ष र खनाल पौडेल पक्षका हुन् । उपसभापतिमा पौडेल पक्षका अष्टभुजा पाठकले ७७२ मत र पौडेल समुहका सुधाकर पाण्डेले ६६१ मत ल्याए ।
त्यसै गरी महामन्त्रीमा सुरेन्द्र राज आचार्य र बिक्रम खनाल बिजयी भएका छन् । आचार्य र खनालले क्रमश ८४४ र ८३९ मत ल्याउदा प्रतिद्धन्दीहरु खिमान सिंह रायमाझी र जन्मजय तिमिलसिनाले ६५१ र ७०९ मत पाए ।
सहमहामन्त्री (महिला)मा निमा गिरीले ८३० मत पाई बिजयी भईन् । सहमहामन्त्री खुल्ला तर्फ २ पदमा खगराज पाण्डे र बिष्णु प्रसाद खनाल (मुस्कान) ले ७७६ र ८५९ मत ल्याई बिजयी भएका छन् ।
कांग्रेसको लुम्बिनी प्रदेश अधिबेशन रुपन्देही सदरमुकाम भैरहवामा भएको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.