- मनोरञ्जन शर्मा
भैरहवा ।
विगतका वर्षहरुमा नेपालमा जति पनि भूकम्पहरु आए त्यसको बढी प्रभाव पूर्व तथा मध्य क्षेत्रमा बढी प¥यो । पश्चिम क्षेत्रमा भूकम्पको असर नगन्य देखिएको छ । नेपालमा भूकम्पको ७ ÷८ सय वर्षको इतिहास हेर्दा नेपालको काठमाडांै तथा उत्तर पूर्वीय क्षेत्रहरुमा बढी प्रभाव रहेको छ । सन् १२५५ मा काठमाडांै केन्द्र बिन्दु रहेर ७ दशमलब ८ रिक्टेर स्केलको भूकम्प आउँदा २२ सय बढीको ज्यान गएको थियो । त्यसै गरी सन् १२६० मा सगरमाथा क्षेत्रमा भूकम्प आउँदा १ सय बढीको, सन् १३४४ मा मेची क्षेत्रमा भूकम्प आउँदा १ सय जनाको, सन् १४०८ मा नेपाल–चिन सिमाक्षेत्रमा भूकम्प आउँदा २५ सय, सन् १५०५ मा कर्णाली–मुस्ताङ्ग क्षेत्रमा आएको भूकम्पले ६ हजार, १६८१ मा कोशी क्षेत्रमा आएको भूकम्पले ४५ सय, १७६७ मा बागमती क्षेत्रमा आएको भूकम्पमा ४ हजार बढी, १८३३ मा काठमाडाैंमा भूकम्प आउँदा ६५ सय, १८६९ मा काठमाडामाैं आउँदा ७५०, १९१६ मा नेपाल–तिब्बत सिमानामा आउँदा ३५ सय, १९३४ मा (नब्बे सालको) काठमाडौंमा भूकम्प आउँदा १० हजार बढीको ज्यान गएको थियो । पूर्वी नेपालमा धरानमा नोक्सानी बढी थियो । १९६६ मा डोटीमा गएको भूकम्पमा ८० जनाको ज्यान गएको थियो । १९८८ मा काठमाडांैमा आएको भूकम्पमा परी काठमाडांैसंगै धरानमा समेत गरी १ हजार बढीको ज्यान गएको तथ्याङ्क छ भने अन्तिम पटक २०१५ (२०७२ साल) मा गोर्खा केन्द्र बिन्दु भई गएको भूकम्पले धेरै ज्यान लगेको थियो भने पूर्वाधार संरचना धेरै नष्ट भएका थिए भने हजारांै घाइते थिए । माथिको तथ्याङ्कलाई आधार मान्दा पनि नेपालको पश्चिम क्षेत्रका तुलनामा काठमाडौं क्षेत्र, पूर्वी नेपाल र उत्तर क्षेत्रमा बढी भूकम्प गएको देखिन्छ । तर लामो समयदेखि पश्चिम नेपालमा भूकम्प नगएकोले अहिले पश्चिम नेपालका क्षेत्रहरु भूकम्पको उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ । केही वर्ष अघि युएन साथै दुरह्याम विश्वविद्यालय र नेपाल सोसाइटी फर अर्थक्ेवक टेक्नोलोजि (एनसेट)ले नेपालका बिभिन्न ९० भूकम्पका घटना अध्ययन गर्दा ५ सय वर्षमा पश्चिम नेपालमा कुनै पनि ठूला भूकम्प नगएको देखाएको छ ।
दुरह्याम विश्वविद्यालयका भूगोल विभागका प्रमुख डा. टोम रोबिनसनको नेतृत्वमा रहेको टिमले अध्ययनका क्रममा पश्चिम नेपाल क्षेत्र (अहिलेको लुम्बिनी प्रदेश र वरपरका क्षेत्र) मा कुनै ठूलो भूकम्प विगत ५ सय वर्षमा नदेखिएकाले पश्चिम नेपाल क्षेत्रमा भूकम्पको खतरा रहेको देखिएको अध्ययनमा उल्लेख छ । डा. रोबिनसनको नेतृत्वको अध्यनटोलीले काठमाडौं उपत्यका भन्दा पनि बढी जोखिम पश्चिम नेपाल क्षेत्र रहेको जहाँ ९० लाख बढी बासिन्दा रहँदै आएको उल्लेख छ । नेपालका भूगर्भ विज्ञहरुका अनुसार पनि पश्चिम नेपाल अलि अप्ठ्यारो क्षेत्र रहेको छ । पश्चिम नेपालको भूगर्भको बारेमा खासै अध्ययन हुने नगरेकाले पनि यहाँको अवस्था कस्तो छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । २०७२ सालको भूकम्पले पश्चिम नेपालमा किन प्रभाव पारेन जबकि पश्चिम नेपाल बढी जोखिममा रहेको भनिदै आएको छ । केही अध्ययनहरुले पश्चिम नेपालको जमिनभन्दा १०–२० किलोमिटर तलको भूबनोट मध्ये नेपालको जस्तै भएको र मध्य नेपालमा जस्तै पश्चिम नेपालमा पनि ठूलो भूकम्प जान सक्ने देखाएको हुँदा अहिलेबाटै सचेत हुन नसके ठूलो क्षति व्यहोर्नु पर्ने भूगोलविज्ञहरुको भनाई छ ।
कुन केन्द्र बिन्दु भएर कत्तिको ठूलो भूकम्प आउँछ भन्ने कुरा उक्त क्षेत्रमा भएका टेक्टोनिक्स प्लेटहरूको गतिमा भर पर्दछ । पृथ्वी मुनिका प्लेटहरूको चालका कारणले जम्मा भएको शक्ति पृथ्वीको सतह तिर आउने प्रक्रियालाई नै भूकम्प भनिन्छ । सन् १५०५ मा कर्णाली मुस्ताङमा गएको ठूलो भूकम्पमा तिब्बतका राजाको मृत्यु भएको भन्ने प्रमाण भेटिएको हुँदा पश्चिम नेपालमा त्यसपछि डोटी बाहेक अन्य ठूलो भूकम्प गएको छैन । अर्थात ५ सय वर्ष भन्दा बढी समयदेखि पश्चिम नेपालमा कुनै ठूलो भूकम्प नगएको र भूकम्प दोहोरिने समयको कुरा गर्दा ३०० देखि ५ सय वर्ष हो । पश्चिम नेपालमा ठूलो भूकम्प आएको ५ सय वर्ष पुरा भइसकेको छ र समयचक्र फेरी सुरु भइसकेको छ पश्चिम नेपालको जमिनमुनि जम्मा हुने शक्ती बढीरहेको छ र यो कुनै पनि बेला हलचल हुन सक्छ । जमिन मुनिको शक्ती हलचल हुनु भनेको नै भूकम्प जानु हो ।
पश्चिम नेपालमा ५०० वर्षदेखि ठूला भूकम्प आएको छैन् । पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले त्यस क्षेत्रमा शक्ति सञ्चय भई बसेको विभिन्न अध्ययनले देखाएको छ । त्यसैले पश्चिम नेपालको लुम्बिनी प्रदेश लगायतका क्षेत्रमा भविष्यमा आउनसक्ने भूकम्पले त्यहाँ ठूला क्षति हुनसक्ने विज्ञहरुको अध्ययनले देखाएकाले अहिलेबाटै सचेत भई भूकम्प प्रतिरोधी भवन निर्माणमा जोड, भवन निर्माण गर्दा मापदण्ड अपनाउनु पर्ने जस्ता चेतना फैलाउन एकदमै जरुरी छ ।
Get real time update about this post categories directly on your device, subscribe now.