• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Saturday, May 17, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

पासोमा ‘बाघ’

Shree News Ok by Shree News Ok
२२ माघ २०७८, शनिबार २१:३०
1 min read
31 0
30
SHARES
59
VIEWS

मनोरञ्जन शर्मा
भैरहवा

बाघ गणना जारी रहँदा पश्चिम नवलपरासीमा एउटा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । बर्दघाट नगरपालिका वडा नम्बर १६ दाउन्नेदेवी सामुदायिक वन क्षेत्रको भालु खोलामा बाघ मृत फेला परेको वन कार्यालय पश्चिम नवलपरासीका जिल्ला वन अधिकृत शंकर प्रसाद गुप्ताले बताए । गत शनिबार दिउँसो दाउन्नेदेवी (कुकुरमारा) का स्थानीय महिला जङ्गलमा घाँसपातका लागि जाने क्रममा दाउन्नेदेवी सामुदायिक वनमा मृत पाटेबाघ मृत अवस्थामा देखे पछि प्रहरीलाई खबर गरेका थिए । करिब ७ फिट लम्बाइ, ३ फिट उचाई रहेको सो बाध १ सय ५० किलो तौलको व्यस्क पोथी बाघ रहेको थियो ।उक्त बाघको छाला काडी छाला वन कार्यालयमा नै राखी अन्य भागहरु सबडिभिजन वन कार्यालय बर्दघाटको कम्पाउन्डभित्र गाडिएको बताइएको छ । छाला सुके पछि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरामा पठाइने र मृत्युको विषयमा अनुसन्धान भइरहेको वन अधिकृत गुप्ताले बताए । व्यस्क पाटेबाघ कसले र किन मा¥यो भन्ने विषयमा अनुसन्धान सुरु भएको छ, तर अहिलेसम्म कोही पनि नियन्त्रणमा आउन सकेका छैनन् ।

मृत बाघको प्रकृति हेर्दा चोरी निकासी गर्ने मानिसले अन्य वन्यजन्तु मार्न पासो थाप्दा बाघ परेको हुन सक्ने अनुमान वन अधिकृतहरुको छ । ‘‘बाघलाई गोली हानेर मारेको भनिए पनि अनुसन्धानका क्रममा गोली लागेको कुनै निशान देखिएको छैन, तर भालाहरुले रोपिएको घाउ पाइएको छ, यसले पनि पासोमा बाघ फसेको र पासो फुत्काउने क्रममा भालाले हिर्काइएको हुन सक्ने अनुमान छ ।’’ वन अधिकृत गुप्ता भन्छन् । ‘‘टाउकोमा पासोका लागि थापिएको तारहरु पनि भेटिनुले यो पुष्टी हुन्छ ।’’ उनले भने । पासोमा परेको बाघलाई भालाले हान्न थालेपछि घाइते बाघ पासोबाट फुत्केर भागेको र पर गएर मरेको हुन सक्छ, बाघ मृत फेला परेको वरपर पासो थापेको कुनै वस्तुहरु फेला नपर्नुले पनि घाइते अन्यत्र भई भाग्ने क्रममा मरेको हुन सक्छ, अधिकृत गुप्ताको तर्क छ ।

बाघ मृत अवस्थामा फेला परेको स्थान महेन्द्र राजमार्गदेखि झन्डै पाँच किलोमिटरभित्र घना जङ्गलमा हो । सो जङ्गल क्षेत्रमा बाघ अहिलेसम्म देखिएको छैन । तर कहिले काही चितुवा देखिएने गरे पनि मृग, बँदेल, निलगाई लगायतका जनावर धेरै पाइने गरेकोले ति जनावर मार्न पासो थाप्दा बाघ परेको हुन सक्ने अनुमान छ । अन्य जनावर मार्न थापेको पासोमा बाघ परेपछि किन बाघ मारियो भन्ने विषय रहस्य छ । पासोमा परेको बाघ छुटे आक्रमण गर्ने डरले भालाले घोचेर बाघलाई घाइते बनाइएको र सो क्रममा बाघ पासो तोडेर भाग्दै जाँदा मरेको हुन सक्ने अधिकारीहरुको भनाई छ । त्यो वन क्षेत्रमा अहिलेसम्म बाघ नेदेखिएकाले नजिकैको निकुञ्जबाट बाघ आएको हुन सक्ने अनुमान छ । वनजंगलहरु अतिक्रमण हुँदै जाँदा बाघलाई आहाराको समस्या पर्ने हुनाले आफ्नो क्षेत्रबाट बाहिर निस्कने गर्छन् । सोहि क्रममा उनिहरु मानवबस्ती, राजमार्ग सडकमा समेत हिड्ने गरेको पाइएको छ । सडकबाट सहजै वारिपारीको वन क्षेत्रमा आहाराका लागि बाघहरु डुल्ने गर्छन् । दाउन्नेदेबी सामुदायिक वनमा मृत फेला परेको बाघ नजिकैको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आहाराकै लागि त्यस तर्फ प्रवेश गरेको हुन सक्छ, वन अधिकृत गुप्ताको भनाई छ ।

 

अहिले नेपालमा बाघको गणना भइरहेको छ । चितवन, पर्सा, बाँके र बर्दियामा बाघको गणना भइरहेको र विवरण आगामी जुलाईमा सार्वजनिक हुने बताइएको छ ।
पछिल्लो समय नेपालमा सन् २०१८ मा बाघको गणना भएको थियो । त्यति बेला गणना हुँदा नेपालमा बाघको संख्या २ सय३ ५ रहेको थियो । गणना हुँदा चितवनमा ९३, बर्दियामा ७, बाँकेमा २१ र पर्सामा १ बाघ रहेका थिए । पछिल्लो समय नेपालमा पाटे बाघको संख्या बढ्दै गएको छ । नेपालमा बाघ गणना हुँदा सन् १९९५ मा ९, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९ र २०१८ मा २३५ रहेको थियो ।

पाटे बाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिवद्धता गरेको थियो । त्यतिबेलाको प्रतिवद्धता अनुसार नेपालमा बाघको संख्या सन् २०१८ मै २३५ पुगेको र अहिले संख्या दोब्बर भन्दा बढी भएको अनुमामान सहजै गर्न सकिन्छ । बाघको खाना, आहारा र वासस्थानको उचित व्यवस्थापन एवम् चोरी सिकारी नियन्त्रणको राम्रो प्रयासका कारण नेपाल बाघ संरक्षणमा सफल भइरहेको र बाघको संख्या समेत बढ्दै गएको बाघ लगायतका वन्यजन्तु संरक्षणमा काम गरेका जानकार एवं नेपाल प्रहरीका प्रहरी उपरिक्षक प्रविण पोखरेल बताउँछन् ।
लुम्बिनी प्रदेशमा १०८ बाघ
लुम्बिनी प्रदेशमा बाघको संख्या बढ्दै गएको छ । सन् २०१८ मा भएको बाघ गणना अनुसार लुम्बिनी प्रदेशका बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जमा १ सय ८ वटा बाघ रहेको छ । सो वर्ष भएको बाघ गणना अनुसार नेपालमा जम्मा २ सय ३५ बाघ फेला परेका थिए । जसमा सबैभन्दा बढी लुम्बिनी प्रदेशको बर्दिया र बाँके निकुञ्ज क्षेत्रमा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । कार्यालयका बर्दियामा ८७ तथा बाँकेमा २१ वटा पाटे बाघ रहेका छन् । लुम्बिनी प्रदेशमा पाटे बाघ बढ्नुका कारण यहाँ भालेको तुलनामा पोथी बाघको संख्या बढी हुनु पनि हो । सन् २०१३ मा बाँकेमा ४ वटा मात्रै बाघ थिए । ४ वर्षमा बढेर २१ पुगे । त्यस्तै बाघको अवस्था बर्दियामा बढ्दो छ । बर्दिया राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुन्ज कार्यालयका अनुसार निकुञ्ज क्षेत्रमा अनुगमन गर्ने क्रममा र त्यहाँ राखिएको क्यामराले पनि नयाँनयाँ बाघहरु देखिएको रेकर्ड गरेकाले बाघको संख्या बढेको अनुमान रहेको छ ।

स्थानीयको सहभागितामा सुरक्षा निकायसंग मिलेर बाघ संरक्षण अभियान सफल हँुदा स्वभाविक रुपमा बाघको संख्या बढ्ने गरेको पाइएको छ । नियमित अनुगमनको क्रममा नयाँनयाँ बाघ देखिन्छ । अहिले बास स्थानको व्यवस्थापन, बाघले खाने आहार प्रजातिका जनावरमा बृद्धि, उचित घाँसे मैदान, राम्रो पानीको श्रोत जस्ता कारणले बाँके र बर्दियामा बाघको संख्या राम्रो भएको छ । बाघको संख्या चितवन राष्ट्रिय निकुञ्जमा ९३, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ वटा गरी सन् २०१८ को गणना अनुसार बाघको संख्या अहिले २३५ रहेको छ । सन् २०१३ को तुलनामा सन् २०१८ मा बाघको संख्यामा १८ प्रतिशतले बृद्धी भएको हो । निकुञ्ज क्षेत्र साथै मध्यवर्ति र आसपासका वन क्षेत्रमा मात्रै नभई नेपालका उच्च पहाडी क्षेत्रमा पनि यसै वर्ष २ बाघ फेला परेका छन् । विभागका अनुसार इलामको ३१६२ मिटर उचाई क्षेत्र र डडेलधुराको २५ सय मिटर उचाईमा एक एक वटा बाघ देखा परेको थियो ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

बिआइएस भन्दै भारतले रोक्यो नेपाली प्लाइउडको निकासी

मुख्य समाचार

दुम्किबासको पुल भाचियो , राजमार्ग ठप्प

मुख्य समाचार

दुम्किबासको पुल भाचियो , राजमार्ग ठप्प

अर्थहवा

भैरहवा – बैंकक उडान भाइटीकाको दिनबाट, सुरुवाती भाडा १२ हजार

मुख्य समाचार

लुम्बिनीबाट काठमाण्डौ जादै गरेको बस दुर्घटना : मृतक सबैको सनाखत,  तिन जना अझै बेपत्ता

मुख्य समाचार

सिद्दार्थनगर सिटि अस्पतालमा न्यूरो सेवा सुरु

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?