- भैरहवा ।
वैदेशिक रोजगार जानेहरुका लागि सबै किसिमको श्रम स्विकृति प्रदान गर्ने भन्दै भैरहवाबाट सेवा सुरु भएको श्रम विभागको वैदेशिक रोजगार व्यवस्थापन शाखाबाट वैयक्तिक नयाँ श्रम स्वीकृती दिन नसक्दा सेवाग्राहीहरु काठमाडांै नै पुग्नु पर्ने बाध्यता आइपरेको छ ।
गत असार १ गते श्रम विभाग अन्तरगत बुटवलमा रहेको कार्यालयबाट बैदेशिक रोजगार शाखा व्यवस्थापनको शाखा भैरहवा स्थानान्तरण गरी काम सुरु भएको थियो ।
काम सुरु भएको डेढ महिना पुग्न लाग्दा पनि संस्थागत श्रम स्विकृति र पुनः श्रम स्विकृतिको काम भए पनि वैयक्तिक नयाँ श्रम स्विकृतिको काम सुरु नहुँदा सेवाग्राहीहरु काठमाडाैं जानु पर्ने बाध्यता रहेको छ ।
‘‘अहिले दैनिक १० देखि १५ जनासम्म वैयक्तिक नयाँ श्रम स्विकृतका लागि सोधपुछ गर्न आउने भए पनि हामीले सेवा दिन सकेका छैनांै, सिष्टम अझै खुलेको छैन ।’’ भैरहवा स्थित वैदेशिक रोजगार व्यवस्थापन शाखाका प्रमुख एवं शाखा अधिकृत केशब राज भट्टराईले भने । ‘‘हामीले यो विषयमा विभागमा मौखिक तथा लिखित रुपमा जानकारी गराइसकेका छांै, अहिले सम्म खुलेको छैन, सेवाग्राही आएर सेवा माग्दा दिन नसक्दा दुखी छौं, आशा छ छिटै सुरु हुनेछ ।’’ भटराईले भने ।
वैयक्तिक नया श्रम स्विकृतीका लागी श्रम बिभाग बैदेशिक रोजगार व्यवस्थापन महाशाखाले फेमिस सिष्टम बाट काम गर्ने तर यो सिष्टम अहिले सम्म भैरहवाका लागि बिभागले उपलब्ध गराएको छैन् । बैयक्तिक नयाँ श्रम स्वीकृतको अनलाइन फाराम भर्ने फेमिस सिष्टम भैरहवाका लागि विभागले नखोलिदासम्म यो स्वीकृतीका लागी सेवाग्राही काठमाडांैनै जानुपर्ने अधिकृत भट्टराईले बताए ।
वैयक्तिक नयाँ श्रम स्विकृत सम्बन्धमा २०७५ पुस ९ गतेको नेपाल राजपत्रको भाग ५ मा प्रकाशित सूचना अनुसार बैदेशिक रोजगार ऐन २०६४को दफा २१ बमोजिम वैदेशिक रोजगारको लागि व्यक्तिगत रुपमा विदेश जान चाहनेहरुबाट निबेदन लिने र विभागको प्राप्त निर्णय वा अधिकार प्रत्यायोजन भए अनुसार स्वीकृति दिने रहेको छ ।
सूचना अनुसार व्यक्तिगत रुपमा विदेश जान चाहनेहरुको वैयक्तिक नयाँ श्रम स्वीकृतिका लागि विभागका महानिर्देशकले निर्णय गर्ने वा अधिकार प्रत्यायोजन गर्न सक्छन् । तर महानिर्देशकले अहिलेसम्म यो विषयमा निर्णय नगर्दा र अधिकार प्रत्यायोजना नगर्दा व्यक्तिगत श्रम स्विकृतिका लागि बैदेशिक रोजगार व्यवस्थापन कार्यालय भैरहवामा भए पनि सेवाग्राहीले श्रम स्वीकृतिका लागि काठमाडांै जानु पर्ने बाध्यता रहेको छ ।
श्रम विभाग बैदेशिक रोजगार व्यवस्थापन महाशाखाका सूचना अधिकारी कृष्ण भुषालले भैरहवाको कार्यालय नयाँ नयाँ भएको र प्रविधिको समेत कुरा भएकाले छिटै हुने तर यति गते भित्रनै हुने भनेर आफूले बताउन नसक्ने बताए । एकै छिनमा हुने निर्णय महानिर्देशकले नगर्दा सेवाग्राहीले दुःख पाइरहेका छन् भने हजारौं रुपैया खर्चेर काठमाडांै जानु पर्ने बाध्यता रहेको छ ।
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए लगत्तै श्रम स्विकृतिका लागि काठमाडौं जानु पर्ने समस्या अन्त गर्न भन्दै जेठमा भैरहवा आउँदा तत्कालिन विभागीय मन्त्री किशन श्रेष्ठले असार १ गतेबाट श्रम स्विकृति भैरहवाबाटै हुने र कार्यालय खुल्ने घोषणा गरे अनुसार सोहि तिथिमा कार्यालय उद्घाटन भएको थियो ।
कार्यालय खुलेपनि दरबन्दी कायम भएको छैन । अहिले बुटवल कार्यालयका कर्मचारी आएर काम गरिरहेका छन् । कार्यालयबाट संस्थागत श्रम स्वीकृति अन्तरगत पूर्व स्वीकृति एक जनाले पनि लिएका छैनन् भने अन्तिम स्वीकृति १२ वटा कम्पनीले लिएका छन् । ६५१ जनाले पुन श्रम स्विकृति यो कार्यालय बाट लिएका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.