- भैरहवा ।
मङ्सिर ४ गते राष्ट्रिय निर्वाचन हुने भएको छ । नेपाल सरकार मन्त्री परिषद्को विहीबार बसेको बैठकले मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । निर्वाचन आयोगले कम्तिमा १२० दिनको समय सीमा राखेर निर्वाचनको तिथि तोक्न सरकारसँग आग्रह गर्दै आएको थियो । आयोगले पनि मङ्सिर ४ मै एकै चरणमा निर्वाचनको तिथि तोक्न सरकारलाई सिफारिस गरेको थियो । प्रतिनिधि सभा अन्तर्गत १६५ र प्रदेश सभा अन्तर्गत ३३० निर्वाचन क्षेत्र कायम छ । निर्वाचनको तिथि मङ्सिर ४ गते आइतबार परेको छ ।
रुपन्देहीमा प्रतिनिधि सभामा ५ निर्वाचन क्षेत्र र प्रदेश सभामा १० क्षेत्र रहेका छन् । यस अघिको २०७४ सालको प्रतिनिधि सभा निर्वाचन रूपन्देहीमा क्षेत्र नं. १,२, ३ मा क्रमशः एमालेका छविलाल विश्वकर्मा, विष्णु पौडेल र घनश्याम भुषाल निर्वाचित भएका थिए । त्यसैगरी क्षेत्र नं. ४ र ५ मा नेपाली काँग्रेसका प्रमोद यादव र भरत शाह निर्वाचित भएका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.