- श्री न्यूज ओके रिपोर्टर
भैरहवा।
ओमसतियाँ गाउँ पालिकामा मुख्य कार्यालय रहेको टुगा आस्था विकास साकोसको आयोजनामा प्रथम त्रिवर्षीय रणनीतिक व्यवसायिक योजना २०७६/०७७—२०७८/०७९ को अन्तिम समीक्षा एवम् आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा नीति, विधि र प्रविधि सहित सुशासनको सवालमा रणनीतिक योजना बमोजिमको लक्ष्य हासिल गरेता पनि पूँजी निर्माण र सदस्य विस्तारमा लक्ष्य बमोजिम पुरा गर्न नसकेको निष्कर्ष सहित पहिलो रणनीतिक योजनाको समिक्षा ग¥यो । आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समीक्षा पर्लस विधिद्वारा संस्थाको सम्पूर्ण वित्तीय संरचना उपर दफावार विश्लेषण गरेको थियो । भाखा नाघेको ऋण लगायत संस्थाको प्रभावकारी वित्तीय संरचना, सम्पत्तिको गुणस्तर, प्रतिफलको दर, तरलता र संस्था वृद्धिको अवस्था बारे विश्लेषणात्मक समीक्षा गर्यो । गोष्ठीमा संस्थाको व्यवसायिक विष्लेषण गर्दै आय फरकता दर, आय विश्लेषण, वासलातको शुद्धता, संचालन खर्च दर लगायत दीर्घकालिन र अल्पकालीन दायित्वको अवस्था र त्यसले पारेको प्रभाव बारे कार्यक्रममा समीक्षा भयो ।
समीक्षा वर्षको अनुमानित मुनाफा भन्दा ५४.०७ प्रतिशत बढी शुद्ध बचत (मुनाफा) हासिल गर्न सफल भएकोले आफ्ना सदस्यलाइ सहकारीको मूल्यमान्यता बमोजिम मुनासिव लाभांशहरु वितरण गर्न सक्ने क्षमता आर्जन गरेको चर्चा गर्दै वर्तमान अवस्थामा तरलताको आर्थिक मन्दीमा समग्रमा अनुमानित वासलातको ८२.७१ लक्ष्य पुरा गरेको समीक्षा गर्यो । संस्थागत पुँजी ६.०३ प्रतिशत बनाउन सफल संस्थाले व्यवसायिक गुणस्तर ब्राण्ड हासिल गर्न योग्यता वृद्धि गरेको समीक्षा पनि गर्यो । कार्यक्रममा व्यवस्थापन प्रमुख लक्ष्मण थापाले योजनाले गरेको उपलब्धी बारे विश्लेषणात्मक सूचकहरुको प्रस्तुत गर्दै योजना अवधिमा कोभिड महामारीको तिनवटा चरणले प्रभाव पारेता पनि समग्रमा सन्तोषजनक सफलता प्राप्त गरेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कून सञ्चालक सन्दीप सापकोटाले संस्थाको संचालक र व्यवस्थापनमा राम्रो नेतृत्व रहदाँ रहदै पनि थोरै ढिलाइ भएता पनि अब पूर्ण व्यवसायिक संस्था हुन सफल भएको आजको प्रस्तुतिले देखाएको बताउँदै खुशी व्यक्त गरे । संस्था नीति विधि र प्रविधिमा सञ्चालित हुदाँ संस्था दिगो भै पुस्ता हस्तान्तरण हुने सहकारी संस्था बन्ने बताउदै यस संस्थामा सदस्यले ढुक्क भएर कारोबार गर्न आव्हान गर्नु भयो । अहिले बजारमा केहि सहकारीको देखिएको सुनिएको हल्ला र समाचारहरु नेफ्स्कून संगठनको संजालमा नरहेका सहकारी हुन । नेफ्स्कूनको संजालमा रहेका सहकारीहरु नीति बिधि र प्रबिधिबाट संचालित हुने भएकोले समस्या देखिएको छैन । टुगा सहकारी समुदायमा आधारित सहकारी भएकोले अब आफ्ना सदस्यलाइ उत्पादनमुखी कर्म तिर प्रोत्साहित गर्दै सदस्यको जीवनस्तरमा हामीले के परिबर्तन गर्न सक्यौ त्यस तर्फ विशेष ध्यान दिन संचालक र व्यवस्थापनलाइ आग्रह गरे ।
संस्थाका प्रमुख सल्लाहकार तारा प्रसाद छन्तेलले आफ्नो संस्थाले पारदर्शी ढंगले सबै विषयवस्तु राखेर विश्लेषण गर्ने र अरुलाइ सुसूचित गर्ने कार्य प्रशंसनीय रहेको बताउदै तिन वर्ष अघि हामीले बनाएको योजनाको आधाभन्दा धेरै अवधिमा कोभिड महामारीले पटक पटक प्रभावित बनाएता पनि ७५ प्रतिशतले सफल हुनु गौरबको कुरा भएको बताए । संस्थाका अध्यक्ष डी.बी. थापाले जिल्लाकै उत्कृष्ट सहकारीका रुपमा रहेको टुगा आस्थाले सहकारीको सिद्धान्त र नीतिलाई पछ्याउँदै जाँदा सफल भएको बताए ।
८२ जना सहभागिता रहेको कार्यक्रमको स्वागत मन्तव्य शिक्षा उपसमिति संयोजक एवम् संचालक गोकुल पोखरेलको र कार्यक्रम संचालन सचिव जित बहादुर रास्कोटीले गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.