- भैरहवा ।
औद्योगिक समूह पञ्चकन्याद्वारा स्थापित प्रेमबहादुर श्रेष्ठ अक्षयकोष प्रदान गरिएको छ । तिलोत्तमा नगर पालिका वडा नम्बर १५ का रहेको पञ्चकन्या समूहले १० वर्ष अघि सोही स्थानमा रहेको पशुपति माबिमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै समूहका अध्यक्ष प्रेम बहादुर बस्नेतको नामबाट ५ लाख रुपैयाँको प्रेमबहादुर श्रेष्ठ अक्षयकोष स्थापना भएको थियो ।
सोही अक्षयकोषबाट प्राप्त हुने ब्याजले प्रत्येक वर्ष विद्यालयमा छात्रवृत्ती प्रदान गरिदै आएको पञ्चकन्या समूहका उपाध्यक्ष एवं अक्षयकोषका अध्यक्ष धु्रव कुमार श्रेष्ठले वताए । शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा ९ जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको हो ।
पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुका अनुसार २०७६ सालको एसईईमा विद्यालय प्रथम हुने स्मृति बस्याल र द्वितिय हुने सुविन गैरेलाई छात्रवृत्ति प्रदान गरिएको छ । यस्तै, २०७७ को एसईईमा विद्यालय प्रथम हुने शिव हमाल र द्वितीय हुने करुणा बस्याल तथा २०७८ मा प्रथम हुने आशिक पन्थी, द्वितीय हुने विराज भट्टराई, तृतीय हुने आरती घिमिरे, खुशी अर्याल र एलिसा दर्जीलाई तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, पञ्चकन्या समूहका उपाध्यक्ष एवं अक्षयकोषका अध्यक्ष ध्रुवकुमार श्रेष्ठलगायतले छात्रवृत्ती प्रदान गरेका थिए । प्रथम हुनेलाई १० हजार र द्वितीय एवं तृतीय हुनेलाई ५ हजारका साथै प्रशंसापत्र र उपहार प्रदान गरिएको थियो ।
छात्रवृत्ती बितरण कार्यक्रममा अक्षयकोष सञ्चालन समितिका सचिव एवं विद्यालयका पूर्व प्रधानअध्यापक कृष्ण प्रसाद घिमिरे, प्रधानाध्यापक वेदनारायण भण्डारी, व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद बस्याल, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी लगायतले पञ्चकन्या समूहले विद्यालयमा छात्रवृत्ती स्थापना गरी बालबालिकालाई पढ्न हौशला दिएको बताएका थिए ।
पञ्चकन्या समूहले विद्यालयमा फर्निचर सहित कक्षाकोठा निर्माण, कम्प्यूटर ल्यावका लागि ५ थान कम्प्युटर, सभाकक्षलाई प्लास्टिक कुर्चि, उच्च मावि भवन बनाउँदा ४० लाख रुपैयाँ बराबरको छड लगायत बिभिन्न सहयोग गर्दै आएको पूर्व प्रधानाध्यापक घिमिरेले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.