• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Friday, July 11, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

रुपन्देही प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना : गलत कृयाकलाप भएको देखे तुरुन्तै १००मा फोन गर्नुहोस ।

Shree News Ok by Shree News Ok
९ आश्विन २०७९, आईतवार २३:०२
1 min read
22 0
20
SHARES
40
VIEWS

  भैरहवा

दशैं,तिहार र छठ पर्वलाई लक्षित गर्दै रुपन्देही प्रहरीले सुरक्षा योजना बनाएको छ । शान्ति सुरक्षाको प्रत्याभुति गर्दै आम सर्वसाधारणले ढुक्क पुर्वक चाडपर्व मनाउन पाउन भन्ने उद्धेश्य सहित बनाईएको सुरक्षा योजना आईतवार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा रुपन्देही प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले चाडपर्वको समयमा अपराधिक क्रियाकलापहरु चोरी–तस्करी, लुटपाट, जबरजस्ती चन्दा संकलन, झै–झगडा हुनसक्ने भन्दै यस्तालाई निस्तेज पार्न विशेष सुरक्षा योजना बनाइएको बताउदै ‘परदेशबाट आ–आफ्नो घर फर्कने क्रममा सीमा क्षेत्रमा ठगिने, लुटपाट हुने, हैरानी खेप्नुपर्ने, सवारी दुर्घटना, पर्वकै मौकामा चोरी–तस्करी हुने र अवैध हातहतियार एवं लागूऔषध ओसारपसार गर्ने काम हुनसक्ने भएकाले यस्ता कार्य रोक्न प्रहरी सक्षम रहेको र चौबीसैं घण्टा आमनागरिकलाई सुरक्षा दिन लागेको बताए ।

अबैध तथा संकास्पद गतिबिधीहरु तपाईहरुको वरपर भए तुरुन्तै १००मा फोन गरीहाल्नुस, हामी एक्सनमा आउनेछौ,प्रहरी उपरीक्षक रेग्मीले भने । गलत काम गर्ने जो कोही पनि कानुनी दायरामा आई कारबाहीमा पर्छन्, उन्ले भने । 

पर्वको मौकामा पटका पड्काउने, आतिसबाजी गर्ने, विभिन्न समूहले देउसीभैलो तथा अन्य सांस्कृतिक कार्यक्रमहरुको नाममा गैरक्रियाकलाप गर्ने लगायतका गतिविधि हुनसक्ने भएकाले त्यस्ता क्रियाकलापलाई नियन्त्रण एवं न्युनीकरण गरी जिल्लाको शान्ति सुरक्षाको स्थितिलाई मजबुत राख्न सुरक्षा रणनीति बनाएर काम गरेको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा विगतमा पर्वहरुको अवसरमा जघन्य प्रकृतिका घटनाहरु कम घटेको तर केही सामान्य घटना र दुर्घटनाहरु भएको भन्दै यसपटक कुनै किसिमका अवान्छनित गतिविधि हुन नदिन प्रहरी सक्रिय रहेको भनाई छ ।’

अन्य समय भन्दा अहिले २० प्रतिशत सुरक्षाकर्मि बृद्धी गरीएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए । अर्यालका अनुसार चाडपर्वका लागि जिल्ला भरि नेपाल प्रहरी १२ सय ४८ जना परिचालन छन् ।
सुरक्षा योजनामा के के छ ?
–नियमित–आकस्मिक तथा आवश्यकता अनुसार विभिन्न ठाउँमा प्रहरी चेकिङको व्यवस्था गर्ने ।
–जनचेतनामूलक अडियो–भिडियो बनाइ माइकिङ गर्ने, पर्चा–पम्पलेट वितरण गर्ने ।
–सीमा क्षेत्रमा कडा चेकजाँच गर्ने ।
–पैदल, साइकल, मोटरसाइकल र गाडीद्वारा गस्ती गर्ने ।
–पटका, आतिसबाजीको प्रयोग गर्न नदिने र गर्नेलाई पक्राउ गरी कारबाही गर्ने ।
–जबरजस्ती चन्दा उठाउने कार्य, जुवाजन्य खेलहरु खेल्ने लगायतका कार्य हुन नदिने ।
–देउसीभैलो खेल्ने क्रममा विवाद, झगडा हुन सक्ने हुँदा सोको सुरक्षा व्यवस्था मिलाउने र देउसीभैलो खेल्ने समय राति १० बजेसम्म निर्धारण गरिएको ।
–आर्थिक कारोबार बढी हुने सुनचाँदी पसलहरु, बैंक तथा वित्तीय संस्थामाथि सुरक्षा निगरानी बृद्धि गर्ने ।
–स्वदेश फर्कने नेपालीहरुमाथि सीमा नाकामा हुनसक्ने हैरानी, लुटपाटलाई मध्येनजर राखी सुरक्षा सतर्कता बढाउने र नेपाल फर्कन सहजीकरण गर्ने ।
–आवश्यकता अनुसार मुख्य राजमार्गमा रातको समयमा गस्ती र चेकिङ गर्ने ।
–सार्वजनिक यातायातका सवारीसाधनहरुले स्पष्ट यात्रुसूचि तथा भाडादर भएनभएको चेकजाँच गर्ने ।
–यात्रुहरुका समस्याहरुलाई समाधान र सहजीकरण गर्न जिल्लाको बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको –बजार अनुगमन गरी कालोबजारी हु्न र कृत्रिम अभाव हुन नदिने ।
–विभिन्न मठमन्दिर, पुजाअर्चना गर्ने स्थान, दुर्गाको मूर्तिहरु ल्याउने र विसर्जन गर्ने समस्यामा सुरक्षा व्यवस्था मिलाउने ।
–छठ पुजाअर्चना गर्ने मन्दिर, नदी तथा खोलाहरुमा सुरक्षा व्यवस्था मिलाउने ।
–जिल्ला प्रशासन कार्यालय, अन्य सुरक्षा निकायहरु, स्थानीय तहहरु, यातायात व्यवसायीहरु सम्बन्धित सरोकारवाला निकायहरुसँग समन्वय गर्ने ।
–सीमा क्षेत्रमा हुने लुटपाट, चोरी–डकैती लगायतका घटनाहरु हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय प्रहरी, एसएसबी, संचारकर्मी, उद्योगी–व्यवसायी, स्थानीय, भारतीय व्यापार मण्डलसमेतसँग समन्वय गरी सुरक्षा प्रबन्ध चुस्त बनाउने ।
–चाडपर्वका लागि जिल्ला भरि नेपाल प्रहरी १२४८ जनाको संख्यामा परिचालन गर्ने ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

बिआइएस भन्दै भारतले रोक्यो नेपाली प्लाइउडको निकासी

मुख्य समाचार

दुम्किबासको पुल भाचियो , राजमार्ग ठप्प

मुख्य समाचार

दुम्किबासको पुल भाचियो , राजमार्ग ठप्प

अर्थहवा

भैरहवा – बैंकक उडान भाइटीकाको दिनबाट, सुरुवाती भाडा १२ हजार

मुख्य समाचार

लुम्बिनीबाट काठमाण्डौ जादै गरेको बस दुर्घटना : मृतक सबैको सनाखत,  तिन जना अझै बेपत्ता

मुख्य समाचार

सिद्दार्थनगर सिटि अस्पतालमा न्यूरो सेवा सुरु

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?