मुख्य निर्वाचन अधिकृतको कार्यालय उदघाटनः
मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि रुपन्देही जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदघाटन कार्यक्रम आज बिहान ८ बजे बालमन्दिर भैरहवामा हुदैछ ।
ग्रीन बेल्ट बृक्षारोपण क्षेत्र हस्तान्तरण तथा शुभकामना आदान प्रदान कार्यक्रम :
भैरहवा मर्निंङ्गवाक गु्रपले जिम्मेवारी लिएर बर्मेलीटोल दक्षिण तर्फ सर्भिस लेनमा गरेको बृक्षारोपण ग्रीन बेल्ट क्षेत्रको हस्तान्तरण साथै बिजया दशमी, शुभ दिपावलि, नेपाल सम्बत तथा छठ पर्व २०७९को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम बिहान ९.३० बजे संगम टेन्ट हाउस अघि बर्मेलीटोलमा मर्निङ्ग वाक गु्रपको आयोजनामा हुदैछ ।
दशै सस्तो बजार :
दशैं सस्तो बजार आज शनिबार पनि बिहान ९.३० बजे देखि बेलुका सम्म सिद्धार्थ उद्योग वाणिज्य संघ कार्यालय परिसरमा सञ्चालन हुदैछ ।
शुभकामना आदान प्रदान कार्यक्रमः
लायन्स क्लव अफ सिद्धार्थनगर होलिसिटीको आयोजनामा बिहान ७.३० बजे बिजया दशमी, शुभ दिपावलि, नेपाल सम्बत तथा छठ पर्व २०७९को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम होटल पौवा भैरहवामा हुदैछ।
शुभकामना आदान प्रदानः
बितरक संघ रुपन्देहीको आयोजनामा बिजयादशमी, शुभ दिपावलि, नेपाल सम्बत तथा छठ पर्व २०७९को अवसरमा
शुभकामना आदान प्रदान कार्यक्रम आज बिहान ८ बजे भैरहवामा हुदैछ ।
ब्याडमिन्टन प्रतियोगिताः
बिजया दशमीको अवसरमा भैरहवा ब्याडमिन्टन क्लवको आयोजनामा भैरहवा कभर्डहलमा ब्याडमिन्टन प्रतियोगिता बिहान ७ बजे देखि हुदैछ ।
(तपाईंहरुले पनि कुनै कार्यक्रम आयोजनना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनु होला साथै कार्यक्रमबारे जानकारी र समय फोन नं। ९८५७०६२३५२ अथवा ९८०६९३९३९७ मा टिपाउनुहोला, वा तलको कमेन्ट बक्समा जानकारी दिन सक्नुहुन्छ)
Get real time update about this post categories directly on your device, subscribe now.