भैरहवा
आज विजया दशमी, बडा दशैको मुख्य दिन । आफु भन्दा ठुला मान्यवरको हातबाट टिका जमरा ग्रहण गर्ने दिनहो ।
आज टिकाको साईत बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ । पञ्चांग निर्णायक समितिका अनुसार यो शुभसाईत हो । साईत खोजेर टिका लगाउनेहरुका यो उत्तम समयमा सुरु गर्ने रहेको छ ।
टिका लगाउने क्रम भने दिनभर तथा कोजाग्रत पूर्णिमा सम्म लगाउन सकिन्छ ।
टिका लगाउदा टिका लगाउने मानिस पूर्व फर्कने र लगाईदिने मानिस पश्चिम फर्कनु शुभ हुने बताईएको छ ।
त्यसै गरी बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गर्ने साईत रहेको छ ।
विजया दशमीको मुख्य दिन सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।
Get real time update about this post categories directly on your device, subscribe now.