- श्रीन्यूज ओके रिपोर्टर /भैरहवा
विजया दशमीका दिन आफुभन्दा उमेरले ठुलाबाट टीका लगाउने गरीन्छ । रातो अविर, दहि, केरा, चामल सहितको संमिश्रणबाट तयार गरीएको रातो अक्षता लगाईन्छ भने घटस्थापनाका दिन रोपीएको जमरा टाउको,कानमा सिउरीन्छ । टीका लगाईदिँदा पुरुष र महिलालाई छुट्टा छुटट्ै आशिर्वचन दिईने गरीन्छ । दशैंमा पुरुषलाई टीका लगाईदिँदा भन्ने आशिर्वचन यस प्रकार छ ।
ॐ
आयु द्रोण सुते श्रृयं दशरथे शत्रुक्षयं राधवे ऐश्वर्य नहुषे गतिश्च पवने, मानं च दूर्योधने सौर्य शान्तनवे बलं हलधरे सत्यं च कुन्ती सुते विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
यसको अर्थः
ॐ
द्रोण पुत्र अस्वत्थामाको जस्तो आयु होस। राजा दशरथको जस्तो कृति होस। रामको जस्तो अजात शत्रुत्व हरणको क्षमता होस। राजा नहुषको जस्तो ऐश्वर्य होस। वायुको जस्तो गति होस। दूर्योधनको जस्तो मान होस । सूर्य पुत्र झैँ दानी होस। भीमको जस्तो बल होस। युधिष्ठिर जस्तो सत्यवान होस। विदूरको जस्तो ज्ञान होस । नारायणको जस्तो कृति होस ।
Get real time update about this post categories directly on your device, subscribe now.