-
श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
राप्रपाका बरिष्ठ नेता एवं पूर्ब मन्त्री दीपक बोहराले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
२०७४ सालको निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसको समर्थनमा निर्वाचनमा उठेका बोहोरा एमालेका घनश्याम भुषाल सित पराजित ५ हजार भन्दा बढी मतान्तरले पराजित भएका थिए ।
तर यसपटक भने बोहोरालाई एमाले र जनता समाजवादी पार्टीको समर्थन रहेको छ । बोहोरा क्षेत्र नम्बर ३बाट प्रतिनिधी सभा सदस्य उम्मेदवारका लागि मनोनयन दर्ता गर्दा सोहि क्षेत्र बाट प्रदेश सभा तर्फ ३(क)मा जनता समाजवादी पार्टीका महेन्द्र यादव र ३(ख)मा एमालेका तुलसी प्रसाद चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यादब यस अघिको निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट प्रतिनिधी सभामा पराजित भएका थिए भने चौधरीले सोही क्षेत्रबाट निर्वाचन जितेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.