श्रीन्यूज ओके रिपोर्टर भैरहवा
शनिबार मात्रै एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्य का लागी उम्मेदवारी दर्ता गराएका छन् । उनले स्वतन्त्र बामपन्थीका रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । भुसाललाई सत्ता गठबन्धनको समर्थन रहेको छ । उन्लाई कांग्रेस, माओबादी केन्द्र, एकीकृत समाजवादी पार्टीले आफनो पार्टीको चुनाव चिन्ह लिएर निर्वाचनमा उठन आग्रह गरेका भए पनि स्वतन्त्र रुपमा उठदै निर्वाचन आयोगले प्रदान गर्ने चुनाव चिन्ह मार्फत निर्वाचन लडने आईतबार बिहान गृहनगर मणिग्राममा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । सोहि पत्रकार सम्मेलनमा उन्ले निर्वाचन लडने घोषणा गरेका थिए ।
सो क्षेत्र बाट प्रतिनिधी सभा सदस्यमा भुषाल संगै प्रदेश सभा सदस्य १(क)मा पुर्ब मन्त्री एवं नेपाली कांग्रेस रुपन्देहीका निवर्तमान सभापति अब्दुल रज्जाक, तथा क्षेत्र २(ख)मा कांग्रेसकै विश्वनाथ यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
सोहि क्षेत्रबाट एमाले केन्द्रीय सचिव एवं पूर्ब मन्त्री छविलाल विश्वकर्माले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । यहाँ एमालेसहितको गठबन्धनबाट प्रदेशतर्फ (क) मा राप्रपाका आशिष चौधरी र (ख)मा एमालेकै दधिराम न्यौपानेले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा २०७४को निर्वाचनमा प्रतिनिधी सभा सदस्यमा विश्वकर्माले जितेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.