श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ ।
जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
ललितपुरको किष्ट मेडिकल कलेजमा उपचारका क्रममा जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.