- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ । पाँच दिन सम्म मनाईने यो पर्वलाई यमपञ्चक पनि भनिन्छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन तिहार पर्व मनाईन्छ ।
चन्द्रमास अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन मनाईने यो पर्वमा कौवा, कुकुर, गाई, गोरु जस्ता पशुपन्क्षी मात्र नभई मृत्युका देवता यमराज, धनधान्यको प्रतिक लक्ष्मी भगवान, यमराजको बहिनी यमुनाको समेत पूजा गरिन्छ । पाचँ दिननै घरघरमा दियो बत्ति साथै बिद्युतिय बत्ति बालेर उज्यालो बनाईन्छ । घर उज्यालो भयो भने सधै लक्ष्मी बास हुन्छ भने जनश्रुती छ । तिहारको पाँच दिन अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा भाईटिका लगाउन बिदा लिएर उन्को घर जाने बिभिन्न धर्मशास्त्रमा उल्लेख छ । त्यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक भन्ने गरीएको हो ।
तिहारको पहिलो दिन आज काग तिहार
यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ ।
Get real time update about this post categories directly on your device, subscribe now.