• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, May 15, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

आज गोबर्धन तथा गाइगोरु पुजा, म्ह पुजा पनि आजै । नेपा सम्बत ११४३ सुरु

Shree News Ok by Shree News Ok
९ कार्तिक २०७९, बुधबार ०९:१२
1 min read
4 0
7
VIEWS

श्रीन्यूज  ओके रिपोर्टर                                भैरहवा


आज कार्तिक शुक्ल प्रतिपदा अर्थात  तिहारको चौथो दिन गोवर्धन पूजा।कार्तिक शुक्ल प्रतिपदाको दिन गोवर्धन तथा गाई गोरुको पूजा गरिन्छ।

गाई गोरु पूजामा फूल, अबिर, केशरी, जौ, तिल, धूप, कपूर, चामलको पिठो आदि प्रयोग गरिन्छ। बाली लगाउने प्राणीका रूपमा गोरुको सम्मानमा यो पूजा गरिँदै आइएको हो। यही दिन हिन्दू धर्मावलम्बीहरूले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोवर्धन पर्वतको आकृति बनाएर पूजा गर्ने प्रचलन छ।

पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो। धार्मिक मान्यताअनुसार गोकुलमा कृष्ण बस्थे। त्यहाँ गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्थे। इन्द्रले आफ्ना भक्तहरूलाई केही दिँदैनथे। कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नुभन्दा खनिज, घाँस, पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो भनेपछि गोपालहरूले गोवर्धन पर्वतको पूजा गर्ने परम्परा बसेको मानिन्छ। आफ्नो पूजा छाडेर गोवर्धन पर्वतको पूजा गरेको भन्दै रिसाएर इन्द्रले गोकुलमा असिना–पानीको वृष्टि गराउँछन्। त्यही समय कृष्ण भगवानले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरूलाई आश्रय दिन्छन्। त्यही बेलादेखि गोवर्धन पर्वतको पूजा गर्न सुरु गरिएको जनविश्वास छ।

आज म्हपूजा पनि

नेवार समुदायले यही दिन आफ्नो शरीरलाई पूजा गरी म्ह:पुजा मनाउँछन्।

आत्मा सन्तुष्ट भए देवता खुसी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ म्ह: पूजा गरिन्छ।

परिवारमा मुलीले परिवारका सबै सदस्यहरूको म्ह: अर्थात् शरीरको पूजा गरी हाँस वा कुखुराको फुल सगुनको रूपमा अर्पण गरिन्छ।
यो दिन आफ्नै शरीरलाई पूजा गरिन्छ। शरीर भन्नासाथ यसमा पञ्चतावको संयोजन हुन्छ। पृथ्वी, जल, तेज, वायु र आकाश पञ्चताव नै हाम्रो शरीरको अस्तित्व हो भन्ने जनविश्वास छ। यसरी पञ्चतावको संयोजन भएको हाम्रो शरीरलाई बर्सेनि आइपर्ने विभिन्न बाधाहरू, आपतविपत, दु:ख, सुख एवं विभिन्न रोग र घटनाबाट मुक्त भएर सफलतापूर्वक जीवन चलाउन अवसर मिलोस् भनेर आत्म पूजा अर्थात देह पूजा गरिँदै आएको हो।

नेपाल संवत ११४३ सुरु

आजका दिनबाट नेवारी समुदायको नेपाल संवत (नयाँ वर्ष) ११४३ समेत सुरु भएको छ।

सम्वतका प्रवर्तक शंखधर साख्वाले गरिब जनतालाई ऋणमुक्त गराएको स्मरणमा नेपालका नेवारी समुदायले नेपाल संवत मनाउन थालेका हुन्। यो नेपालको मौलिक संवतसमेत हो। तिथिमा आधारित यो संवत् कसैले आज र कसैले भोलि मनाउँदैछन्।

नेपाल सम्वत राष्ट्रकै नामबाट चलेको मौलिक संवत हो। हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेपाल संवत नयाँ वर्ष सुरु हुन्छ। जनतालाई दासत्वबाट मुक्त गरि नयाँ युगको प्रारम्भ भएको खुसीयालीमा नयाँ साँस्कृतिक उत्वसकै रुपमा नेवार समुदायले नेपाल संवत मनाउँदै आएका छन्। संवतका प्रवतक शंखधर साख्वाले गरेको योगदान मूल्यांकन गर्दै सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरि संवतलाई राष्ट्रिय मान्यता दिइसकेको छ ।

लिच्छवि राजा राघवदेवको पालामा ११४३ वर्ष पहिले परोपकारी शंखधर साख्वाले ऋणमा डुबेका जनताको ऋणमुक्त गरि आफ्नै देशको नाममा संबत स्थापना गरी प्रचलनमा ल्याइएको किम्वद्न्ती छ। नयाँ संवत (नयाँ वर्ष) प्रारम्भ भएको अवसरमा नेवारी समुदायले आजका दिन विहान न्हुदयाँ भिन्तुना र्‍याली समेत निकाल्ने गर्दछन्। नेवा खल सिद्धर्थ नगर भैरहवाले पनि विभिन्न कार्यक्रम आज गर्दैछ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

बिआइएस भन्दै भारतले रोक्यो नेपाली प्लाइउडको निकासी

मुख्य समाचार

दुम्किबासको पुल भाचियो , राजमार्ग ठप्प

मुख्य समाचार

दुम्किबासको पुल भाचियो , राजमार्ग ठप्प

अर्थहवा

भैरहवा – बैंकक उडान भाइटीकाको दिनबाट, सुरुवाती भाडा १२ हजार

मुख्य समाचार

लुम्बिनीबाट काठमाण्डौ जादै गरेको बस दुर्घटना : मृतक सबैको सनाखत,  तिन जना अझै बेपत्ता

मुख्य समाचार

सिद्दार्थनगर सिटि अस्पतालमा न्यूरो सेवा सुरु

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?