- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल भारत सिमानाका ७२ घन्टा बन्द गरीने भएको छ ।
नेपाल भारत सिमावर्ती जिल्लाहरुको सुरक्षा समन्वय बैठकले आज रुपन्देहीमा बसेको बैठकले पश्चिम नवलपरासी, रुपन्देही र कपिलबस्तु संग सिमा जोडिएका भारतका महाराजगन्ज र सिद्धार्थनगरका जिल्लाका नाकाहरु ७२ घन्टालाई बन्द गर्ने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले बताए ।
रुपन्देहीको सियारी गाउपालिका छपियामा रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी सहित तिन वटै जिल्लाका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरु तथा भारतका तर्फबाट सिद्धार्थनगर र महाराजगञ्ज जिल्लाका डिस्ट्रिक मजिस्ट्रेटसहित सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको बैठकले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भय रहित वातावरणमा सम्पन्न गर्नका लागि सिमावर्ती क्षेत्रमा दुवै पक्षवाट कानूनको परिपालना गराउने, सबै प्रकारका गैर कानूनी कार्यहरु नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने तथा मंसिर १ गते राती १२ बजे देखि मंसिर ४ गते राती १२ बजे सम्म(१७ नोभेम्बर देखि १९ नोभेम्बर सम्म) दुवै पक्षबाट तिनवटै जिल्लासंग जोडिएका नेपाल भारत सिमानाका बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।
बैठकले सिमानाका बन्द गर्ने निर्णय संगै सिमा क्षेत्रमा हुने हातहतियारको तस्करी, लागू औषध ओसारपसार, मानवबेचबिखनका विषयमा जनचेतनाका कार्यक्रम संचालन, निगरानी तथा सुरक्षा उपायहरु अपनाउने जाली नोट नियन्त्रण लगायतका साझा सवालहरुका विषयमा समेत सहकार्य गर्ने निर्णय गरेको छ रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी रामचन्द्र अर्यालले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.