- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा ।
रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्य (क) तर्फ पाँच दलिय गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समावजादी पार्टीका सन्तोषकुमार पाण्डेयले १२५८ मतले अग्रता लिएका छन् । साइकलले छातालाई उछिन्न दिएको छैन ।
अहिलेसम्म गणना भएको सोह्र हजार पाँच सय छियासी मत मध्ये पाण्डेयले पाँच हजार तिन सय पैतिस (५३३५) मत प्राप्त गरेका छन् ।
पाण्डेका प्रतिद्वन्दी तीनदलिय गठबन्धनका उम्मेदवार एवम् जनता समाजवादी पार्टीको नेता महेन्द्र यादवले चार हजार सन्तानब्बे (४०९७) मत पाएका छन् । यादव, पाण्डे भन्दा एक हजार दुई सय अन्ठाउन्न मतले पछि छन् । यादवले छाता ओढ्दै अहिले साइकल चढेको पाण्डेयलाई पछ्याउँदै छन् ।
त्यस्तै गरी अहिलेसम्म प्रेम बहादुर गुरुङ्ग (घर) १७७२, किरन गुप्ता (ढकिया) १५२४, गोपाल भण्डारी लौरो (१५९३), सलाउद्दिन आलम (लाउड स्पिकर) १०४२ मत रहेको छ । अहिले सिद्धार्थनगर नगरपालिकाको मतगणना भइरहेको छ । सिद्धार्थनगरको मतगणना सम्पन्न भए पश्चात प्रदेश सभा ३ (क) ले एक प्रदेश सभा सदस्य पाउनेछ ।
Get real time update about this post categories directly on your device, subscribe now.