- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा ।
रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्य (क) तर्फ पाँच दलिय गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेयले अहिलेसम्म नौ हजार अन्ठानब्बे मत पाएका छन् । पाण्डेयको अहिलेसम्म २ हजार ५ सय ५ मतको अग्रता छ । पाण्डेका प्रतिष्पर्धी तीन दलिय गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका महेन्द्र यादवले ६ हजार ५ सय ९३ मत ल्याएका छन् । हाम्रो नेपाल पार्टीका गोपाल भण्डारीको २९ सय ११ मत आएको छ ।
क्षेत्र नम्बर ३(क) मा अहिलेसम्म मायादेबी गाउँपालिका वडा नम्बर ७ र ८, ओमसतिया २, सियारी १, तिलोत्तमा १४ तथा सिद्धार्थनगरको १, २, ३, ४, ५ र ७ को गणना सम्पन्न भइसकेको छ भने वडा ६ र १० को मतगणना जारी छ । यी दुई वडामा ५ हजार १ सय ५० मत खसेको थियो । सिद्धार्थनगरको बाँकी वडाको मतगणना सम्पन्न भइसकेपछि प्रदेश सभा (क) को नतिजा आउनेछ ।
Get real time update about this post categories directly on your device, subscribe now.