- श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
रुपन्देही २ मा निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गरी पौडेलले रिट निवेदन दायर गरेका हुन् । पौडेल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसंग एक हजार तिन सय सय बढी मत अन्तरले पराजित भएका थिए ।
पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देही, निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २ रुपन्देही, जिल्ला निर्वाचन कार्यालय रुपन्देही, जिल्ला प्रशासन कार्यालय रुपन्देही, निर्वाचन आयोग कान्तिपथ काठमाण्डौ, एमाले बाट निर्वाचित प्रतिनिधी सभा सदस्य बिष्णु पौडेललाई बिपक्षी बनाई मुद्धा दायर गरेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.