• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Sunday, May 18, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

‘‘ समय दिनुहोस्, हामी ऋण तिर्छाैं’’

Shree News Ok by Shree News Ok
५ पुष २०७९, मंगलवार ०८:४०
1 min read
60 1
58
SHARES
113
VIEWS

मनोरञ्जन शर्मा
भैरहवा।


सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टीकोणमा परिवर्तन आउन नसकेको भन्दै पौष मसान्त भित्र ठोस् निर्णय लिन उद्योगी व्यवसायीहरुले पुनः आग्रह गरेका छन् । उनिहरुले कोरोना भाइरसको संक्रमणका कारणले उद्योग व्यवसायहरु धरासायी बन्दै गइरहेकोले अब उद्योगी व्यवसायीका समस्याहरु राज्यले सम्बोधन नगरे मुलुक गम्भिर आर्थिक दुर्घटनामा पर्ने बताएका छन् ।

नेपालकै जेष्ठ मध्येको नीजि सस्था सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले आयोजना गरेकोे आठांै लुम्बिनी राष्ट्रिय महोत्सवको समापन समारोहमा उद्योगी व्यवसायी सम्बद्ध व्यक्तिहरुले सो भनाई राखेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्योगी पशुपति मुरारकाले वर्तमान समयमा अर्थतन्त्र चलायमान बनाउँ सरकारले तत्कालै नीजि क्षेत्रमैत्री निर्णय गर्न जरुरी रहेको बताए ।

अहिले बैंकहरुको एक पक्षीय कार्यले देशको समग्र अर्थतन्त्रलाई प्रभाब पार्ने कार्य भइरहेको छ, सरकार, बैंक, बैंकरको चाहना ८० प्रतिशत उद्योगी व्यवसायी कालो सूचिमा परोस् भन्ने चाहना बोकेकै हो भने ठिकैछ, मुलुकमा आर्थिक दुर्घटना घट्यो भने उहाहरुनै जिम्मेवार हुनु पर्छ, पूर्व अध्यक्ष मुरारकाले भने । अहिलेकै अवस्थामा पुष महिनामा सावाको कुरा छाडांै ब्याज तिर्ने पैसा समेत छैन् । बढी बिक्री हुने भनिएको खाद्यान्नको व्यापार २५ प्रतिशत खस्केको छ, सिमेन्ट छडको ७० प्रतिशत गिरावट आएको छ, अटोको व्यापार त्यस्तै छ, मुरारकाले भने । हामीलाई अप्ठ्यारोमा पारेर सरकार खुसी होला जस्तो लाग्दैन, पुष मसान्त भित्र एडभान्समा निर्णय आओस् हामी प्रतिक्षामा छौं, उनले थपे ।

हामी बैंकहरुबाट लिएको ऋण तिर्छौं, नतिर्ने भनेका छैनांै, लिएको ऋण भन्दा बढी कोल्याटर (धितो) छ, त्यसैले मौका दिनु होस्, बाटो देखाउनु होस्, हामी नकारात्मक कहिल्यै सोच्दैनांै, मुरारकाले भने ।

मुरारकाले आर्थिक रुपमा वर्तमान असहज समयमा पनि सिद्धार्थ उद्योग वाणिज्य संंघले लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउन गरेको प्रयास सह्रानीय रहेको बताए । उनले महोत्सवमा कतिको व्यापार भयो, कतिले अवलोकन गरे भन्नु ठूलो कुरा नभएको भन्दै महोत्सवले स्वदेशमा उत्पादन भएका वस्तुहरुको बजारीकरण तथा प्रवद्र्धन भएको र अचार बनाउने, चुरा पोते बनाउने तालिम समेत गरी महिला उद्यमी जन्माउन सफल हुनु ठूलो कुरा रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले कोरोनाका कारण आक्रान्त व्यवसायी, उद्योगीहरु निकै समस्यामा रहेको बताउँदै अब निश्चित समय दिएर थप ऋण लगानी तथा पुनरकर्जा उपलब्ध गराउन ढिला गर्न नहुने र उद्योग व्यबसाय बचाउने हो भने पुष भित्रै सरकारले उद्योग व्यवसायका क्षेत्रमा ठोस निर्णय गर्नु पर्ने बताए । व्यवसायी रोएको राजनैतिक दलले देख्न नसक्नु बिडम्बना भएको भन्दै यस्तो चुनौती समस्या आउँदा पनि दलहरुले उद्योगी व्यवसायीको पक्षमा मुख नखोल्नु दुखको कुरा भएको बताए ।

संबिधान सभा सदस्य आदित्य नारायण कशौधनले अर्थतन्त्र चलायमान गराउन आर्थिक क्षेत्र केन्द्रित कार्यक्रम ल्याउनु पर्ने र यस्ता महोत्सव मेलाले अर्थतन्त्र उकासिने बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले पैसा कमाउन भन्दा पनि वर्तमान समयमा बजारलाई चलायमान बनाउन लुम्बिनी महोत्सव आयोजना गरिएको बताए ।

कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ३ क का प्रदेश सभा सदस्य सन्तोष पाण्डेय, लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्ता, उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिष्णु प्रसाद शर्मा, वरिष्ठ उपाध्यक्ष ठाकुर श्रेष्ठ, महासचिव बिजय पाण्डे लगायतले महोत्सवको आयोजनाले बजार चलायमान बनाउन मद्धत पुगेको बताए ।

मंसिर २३ गतेदेखि सुरु भएको महोत्सवमा कृषि, खाद्य, तयारी पोशाक, छाला तथा फेन्सी जुत्ता, घरेलु सामाग्री, फर्निचर, होम अपलायन्स, अटो, जडिबुटी, दलहनतेलहन, शिक्षा, बैंक तथा वित्त, बीमा, स्वास्थ्य, शैक्षिक परामर्श, रेष्टुरेन्ट लगायत गरी २५० स्टलहरु रहेको र २ लाखले अवलोकन गरेको संघका सदस्य एवं प्रचारप्रसार उपसमिति संयोजक कृष्ण प्रसाद घिमिरेले बताए ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

अर्थहवा

राजस्व लक्ष्य पछ्याउदै भैरहवा भन्सार तथा आन्तरिक राजस्व कार्यालय

अर्थहवा

नेपालको लागि वर्ष २०८१ र नयावर्षको अपेक्षा

अर्थहवा

लुम्बिनीमा नववर्षको दिन ३२ हजार बढी पर्यटक 

अर्थहवा

प्लाइउड संगै सिमेन्टको पनि निकासी सुचारु,उद्योगी खुसी

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?