- श्रीन्यूज ओके रिपोर्टर, काठमाडाैं
नेपाली काँग्रेसको संसदीय दलको नेतामा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन् । नेपाली काँग्रेस संघीय संसदको सबैभन्दा ठूलो दल समेत हो । आज विहान सम्पन्न संसदीय दलको नेताको निर्वाचनमा देउवाले ६४ मत प्राप्त गरेका छन् । देउवाका प्रतिष्पर्धी एवं पार्टीका महामन्त्री गगनकुमार थापाले २५ मत पाएका छन् । नेपाली काँग्रेस संसदीय दल निर्वाचन समितिका अनुसार सभापति देउवा ३९ मतले विजयी भएका हुन् । देउवा दलका नेता चयन भएसँगै छैठौं पटक प्रधानमन्त्री हुने बाटो खुलेको छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजय हासिल गरेको थियो । सभापति देउवाको उम्मेदवारीको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का थिए भने महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा. शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल थिए ।
काँग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ रहेको छ । उपदफा २० मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको चयन गर्ने उल्लेख छ ।
Get real time update about this post categories directly on your device, subscribe now.