- श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
नेपाली काँग्रेसको संसदीय दलको नेतामा निर्वाचित नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्यमा सुदुरपश्चिम प्रदेशको डडेलधुरा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । नेपालको संसदीय शासन प्रणालीमा २०४८ सालदेखि २०७९ सम्म देउवा लगातार डड्लधुराबाट विजयी हुँदै आएका छन् ।
२०७९ असार २९ गते पाँचौँ पटक देशको प्रधानमन्त्री भएका देउवा बुधवार सम्पन्न नेपाली काँग्रेस संंसदीय दलको नेताको निर्वाचनमा बिजयी भएसंगै छैठौं पटक प्रधानमन्त्री हुन बाटो खुलेको छ । २०४८ सालको प्रतिनिधि सभा सदस्यमा डडेलधुराबाट देउवा विजयी हुँदा उनि ४५ वर्षको थिए, त्यो जीतसँगै उनी गृहमन्त्री भएका थिए । त्यसपछि देउवाको राजनीतिक यात्रा निरन्तर अगाडि बढिरहेको छ।
डडेलधुरा जिल्लाको ग्यान्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा बुवा प्रसादसिंह देउवा र आमा दुर्गादेवीको कोखबाट बाट वि.सं २००३ जेठ ३१ मा जन्म भएका उनले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए । लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरेर करिब १० वर्ष राजनीतिक बन्दी जीवन बिताउएका छन् ।
पञ्चायतकालको कठोर समयमै विद्यार्थीको नेता हुन सफल देउवा २०४८ यता निरन्तर निर्वाचित जनप्रतिनिधि हुन। वि.सं२०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेलधुरा जिल्लाबाट निर्वाचित उनि, २०६४ र २०७० मा भएको संविधान सभाको निर्वाचनमा डडेलधुराका साथै कञ्चनपुर र कैलाली जिल्लाबाट समेत विजयी भएका थिए । वि.सं २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा समेत डडेलधुराबाटै विजयी भएका उनि नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता शीर्ष नेताबाट प्रशिक्षित देउवा पार्टी र माओबादी केन्द्र, नेकपा एकिकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा सहितको गठबन्धनलाई लिएर मंसिर ४ मा सम्पन्न निर्वाचनमा होमिएका थिए । यो गठबन्धनलाई अहिले देशमा बहुमत छ ।
वि.सं२०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बनेका थिए। उनकै नेतृत्वमा सुदूरपश्चिममा नेपाली कांग्रेसले प्रभावकारी विजय हासिल गरेर उनी गृहमन्त्री बनेका हुन् । ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका देउवा लण्डन स्कुल अफ इकोनोमिक्सको फेलोसमेत हुनु । कानूनमा स्नातक देउवाले भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) बाट मानार्थ विद्यावारिधि (पिएचडी)प्राप्त गरेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.