- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
बुटवल तानसेन सडकखण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणको काम आगामी फागुन देखि सुरु हुने भएको छ । सुरुङ मार्गको निर्माण जिम्मा पाएको स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले गत साता सुरुङमार्गको ड्रइङ र डिजाइन बुझाएसँगै आगामि डेढ महिनामा निर्माण कार्य सुरु हुने भएको हो । सुरुङमार्ग निर्माणको लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सुरुङमार्गको ड्रइङ र डिजाइन सन् २०२२ को डिसेम्बरसम्म बुझाउने समयसीमा तोकिए थियो ।
निर्माण कम्पनीले तोकिएको समयमै डिजाइन र ड्रोइङ बुझाएकाले निर्माण कार्यपनि तोकिएकै समयमा हुने विभागको भनाइ छ । स्विट्जरल्यान्डको स्विस डेभलपमेन्ट कर्पाेरेसन (एसडिसी)ले सुरुङमार्गको प्राविधिक परामर्शको काम गरिरहेकाले छ । सोहीअनुसार चिनियाँ कम्पनीले पेस गरेको आयोजनाको डिजाइनमाथि आवश्यक अध्ययन गर्न एसडिसीको प्राविधिक टोलीलाई पठाइएको छ ।
उक्त प्राविधिक टोलीले डिजाइनमाथि अध्ययन गरेर थप सुझाव दिन सक्नेछ । चिनियाँ कम्पनीले सोही सुझाव अनुसार डिजाइनलाई संशोधन गर्नुपर्ने हुन्छ । त्यसपछि विभागले आयोजनाको डिजाइन स्वीकृति गर्नेछ । त्यसपछि आयोजनाको निर्माण कार्य अघि बढ्ने विभागको भनाइ छ । सुरुङमार्ग निर्माणका लागि स्विस डेभलोमेन्ट कर्पाेरेशन (एसडिसि) ले प्राविधिक परामर्शदाताको रुपमा काम गरीरहेको र निर्माणम कम्पनिले बुझाएको सुरुङमार्ग निर्माणको डिजाइन अध्ययन गरिरहेको छ ।
निर्माण कम्पनीले बुझाएको डिजाइन र ड्रइङलाई प्राविधिक परार्मदाता एसडिसिले अध्ययन गरिरहेको सडक विभागका उपमहानिर्देशक भिर्माजुन अधिकारीले बताए । निर्माण कम्पनीले बुझाएको डिजाइनमा एसडिसीले थप अध्ययन गरिरहेको अधिकारिले बताए। आवश्यक सुझाव तथा राय दिएर र डिजाइन र ड्रोइङ परामर्शदाताले स्वीकृति गरेपछि आयोजनाले पनि स्वीकृति गरेर निर्माण कार्य सुरु हुन्छ, उनले भने।
डिजाइन स्वीकृतिको काम आगामि एक–दुई हप्तामै पूरा हुने र करिब डेढ महिनामा आयोजनाले निर्माण कार्य सुरु गर्ने उपमहानिर्देशक अधिकारीको भनाइ छ । सुरुङमार्गको एसडिसिको टिमले प्रारम्भिक अध्ययन गरेरको भएकाले आयोजनको परामर्शदाताको रुपमा काम गर्दै आएको छ । एसडिसिको टिमले नोभेम्बरबाट स्थलगत भ्रमण गर्नेसमेत गरेको थियो ।
इपिसी मोडेलमा निर्माण गर्न सम्झौता भएको थियो । २ लेनको १ हजार १ सय २६ मिटरको सुरुङमार्गमा ३ वटा आकस्मिक सुरुङमार्ग निर्माण हुने छ । १ मुख्य र ३ वटा वाइपास सुरुङमार्ग निर्माण हुने छ । अर्काे भनेको त्यहाँ माथि भएका बग्ने ढुंगाहरु हटाउने छ । ढुङगाहरु हटाएर त्यहाँ फलामे जालीले थप जोखिमलाई नियन्त्रण गर्न रक सेड बनाउने र ८० देखि ८५ डिग्रीको स्वल्प रहेकाले निर्माण कार्य भौगोलिक हिसावले चुनौती रहेको आयोजनाको भनाइ छ ।
सडक मार्गका माथिबाट पहिरो आएपनि छाता आकारको पूर्वाधार निर्माण गरिने छ । पहिरो माथिबाट झरेर सिधा खोलामा जाने गरी रकसेड निर्माण हुने जनाएको छ । निर्माण हुने सुरुङमार्गबाट इन्धनको ढुवानी गर्न ट्रक तथा दुई पांग्रे साधनलाई निषेध गरिने छ । ०७८ फागुनको अन्तिम साता सो कम्पनीसँग आगामी ५ वर्षमा निर्माण समापन गर्ने गरी सम्झौता भएको थियो ।
सम्झौता अनुसार ९ महिनाभित्र चाइना स्टेट कन्स्ट्रक्सनले डिजाइनको गरेर बुझाउने समयसीमा दिइएको थियो । चाइना स्टेटले कन्स्ट्रक्सनले बुझाएको डिजाइन एसडिसी र आयोजनाले स्वीकृत गरेपछि सुरुङ निर्माणको काम सुरु हुने विभागको भनाइ छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले निर्माण गरिसकेपछि पनि ५ वर्षसम्मको मर्मत तथा सञ्चालन गर्नु पर्ने छ ।
यसरी १० वर्ष प्रत्यक्ष निगरानीमा रहने छ । मूल सरुङमार्ग १ं हजार १ सय २६ मिटर लम्बाई रहने छ । ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी निर्माणका लागि छनोट भएको थियो । सिद्धार्थ राजमार्गमा निर्माण हुने सुरुङमार्ग निर्माणका लागि ९ कम्पनीको प्रस्ताव पेश भएकोमा ४ कम्पनी छनोटमा परेको भएपनि चाइना स्टेट कन्स्ट्रक्सनले कम कबालमा निर्माणको जिम्मा पाएको थियो ।
आयोजनाले निर्माणको लागि आन्तरिक तयारी स्वरुप साइड क्लियरेन्स, डाइर्भसन लगायत यन्त्र उपकरण संकलनको काम गरिरहेको जनाएको छ । डिजाइन स्वीकृति पछि लगतै आयोजनाले सुरुङ खन्ने काम सुरु गर्ने जनाएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.