श्रीन्यूज ओके रिपोर्टर
भैरहवा(१८ साउन)
भन्सार छलि गरेर ल्याएको ३६ थान मोबाईल जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बरामद गरेको छ । कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधवार राति करीब १२ बजे सिद्धार्थनगर वडा नम्बर १३ बस्ने बिशाल जैसवालको घरमा लुकाएर राखेको अवस्थामा बिभिन्न कम्पनिका स्क्रिन टच३६ थान मोबाईल बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरिक्षक भरत बहादुर बिकका अनुसार ३६ थान स्क्रिन टच मोबाईल सहित अन्य १० थान साधारण मोबाईल, पावर बैंक ६ थान, समेत बरामद भएको छ । बरामद बस्तुको मुल्य अनुमानित ३ लाख ३२ हजार रहेको छ ।मोबाईल सहित सामान र नियन्त्रणमा रहेका जैशवाललाई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय पठाईएको प्रहरी प्रमुख बिकले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.