श्रीन्यूज ओके रिपोर्टर
भैरहवा(२१ साउन)
सिद्धार्थनगर सिटि अस्पतालले विशिषटिकृत सेवा दिने (मायादेवी गाउँ पालिका वडा नम्बर ८ लुम्बिनी रोड) क्रममा न्यूरो सेवा(नशा रोग) सुरु गरेको छ।
२०६८ भाद्र महिनामा १५ शैयाबाट स्वीकृति लिई सेवा सुभारम्भ गरेको यश अस्प्ताल अहिले १०० शैयामा स्तर वृद्धि हुँदै आफ्नै भवनमा सेवा संचालन गर्दै आएको र विभिन्न सेवा दिदै आएकोमा अहिले न्यूरो सेवा सुरु गरेको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए ।
अस्पतालले आइतबार पत्रकार सम्मेलन गरि न्यूरो सेवा सुरुका बिशयमा जानकारी गराएको हो।
अस्पतालले विरामीको आवश्यकता लाई मध्येनजर गर्दै सबै खालका रोगको सहज तरिकाले उपचार गर्ने क्रममा हाल सम्म नेपालका विभिन्न प्रतिष्ठित अस्पतालमा लामो अनुभव प्राप्त वरिष्ठ डाक्टर तथा टिमद्वारा अन्य सबै डिपार्टमेन्टहरु संचालन गरिरहदा टाउकोमा चोटपटक लाग्ने रगत जम्ने तथा चोटपटकका प्राय जसो विरामी लाई न्यूरो सेवा अत्यावश्यक हुने गरेको र यस क्षेत्रमा गुणस्तरिय सुविधा सम्पन्न न्यूरो सर्जरी सेवाको अभाव महसुस भईरहेकाले लामो अनुभव प्राप्त डाक्टरद्वारा २४ सै घण्टा न्यूरो सेवा संचालनमा ल्याएको पौडेलले बताए ।
यश क्षेत्रमा अधिक मात्रामा हुने सडक दुर्घटना बाट प्रभावित बिरामीलाई दक्ष डाक्टर तथा स्तरिय मेसिन औजारको अभाव तथा खोजीमा काठमाण्डौ, चितवन तथा भारत नै भौतारिन नपर्ने गरि न्यूरो सर्जरीमा पिएचडी सरहको एम.सि.एच न्यूरो सर्जन डा नरेन्द्र प्रसाद बास्कोटा तथा अर्थोपेडिक सर्जन प्रो. डा. जावहेद आलम खान र टिमद्वारा सबैखालका उपचार पद्धतिबाट सफल उपचार सुरु भएको पौडेलले बताए।
सुरु भएको मस्तिष्क तथा नशा रोग (Neuro Surgery) विशेषज्ञ सेवा संचालनले अन्यत्र जानू पर्ने बाध्यता हटेको छ।
मस्तिष्क तथा नशा सेवामा टाउकोमा कुनै पनि खालको चोटहरु र रगत जमेका बिरामी,टाउकोमा ट्युमर भएमा मेरुदण्डमा ट्युमर भएका विरामी,मस्तिष्क घात भएमा रगतको नशा फुटेर वा नशामा रगत जमेर, मेरुदण्डमा चोट पटक लागेका अथवा नसा च्यापिएका बिरामी,टाउको दुखिरहने, वान्ता हुने गरेमा,प्यारालाईसिस भएका अथवा, प्यारालाईसिसका लक्षणहरु देखिएका बिरामी जस्तै अकस्मात आँखा, कान कमजोर हुने, बोली लरबराउने, मुख बाङ्गिने उद वेहोस हुने, मीर्गी, चरिफाइ, छारे रोग, दौरा हुने बिरामी, हात गोडा झमझमाउने पोल्ने भएमा आदि लगायतका उपचार हुने अस्पतालका बरिस्ठ न्युरो सर्जन डा. नरेन्द्र प्रसाद बाँस्कोटाले बताए ।
अस्पतालले हाल अत्याधुनिक ल्याव उपकरण सहित छिटो छरितो सेवा सुविधा उपलब्ध गराउने उदेश्यले सम्पूर्ण किसिमका ल्याव टेस्टहरु एउटै छानामुनि गर्न सक्ने उच्च श्रेणीको ल्याव, 64 slice CT Scan, डिजिटल एक्सरे र भिडियो एक्सरे सेवा उपल्ब्ध गराउदै आएको र अस्पतालमा अत्याधुनिक मोडुलर ओ. टि, मोडलर आई.सि.यु. एन आई सि युक्त हस्पिटलले न्युरो सर्जरी सेवामा पनि अन्य सेवामा जस्तै सफल र सहज सेवा प्रदान गर्ने अस्पतालका बरिस्ठ अर्थोपेडिक सर्जन डा. जावेद खानले बताए । पत्रकार सम्मेलनमा नेफ्रोलोजिस्ट डा. सुबोध कुमारले अस्पतालको सेवाका बारेमा बताउदै लुम्बिनी प्रदेशको उत्कृष्ट सेवा दिने अस्पतालको रुपमा अगि बढेको बताए ।