श्रीन्यूज ओके रिपोर्टर।भैरहवा
लुम्बिनीको पडरीयाबाट काठमाण्डौ जादै गरेको लु २ ख २१२१ नम्बरको बस आज बिहान धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका सातै जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवालका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–२ की रुवी श्रेष्ठ,काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० का ५५ वर्षिय बेखा पुटुवर, रुपन्देहीका जोगिन्दर यादव, राम किशोर जैसवाल, नासिर अलि र सराजुद्दीन मुसलमान तथा कपिलवस्तुका महेन्द्र चौधरी रहेका छन् ।
प्रहरीका अनुसार नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक हराइरहेका छन् । उनीहरुको खोजी कार्य जारी छ । दुर्घटनामा परि घाईते भएका ३९ जना मध्ये १४ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौ, २० जनाको गजुरी अस्पताल र ५ जनाको स्वास्थय चौकीमा उपचार भैरहेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.