श्रीन्यूज ओके रिपोर्टर
भैरहवा –थाइ एयर एसियाले भाइटीकाको दिन(आइतबार)देखि बैंकक –भैरहवा बैंकक नियमित व्यावसायिक उडान सुरु गर्दैछ ।
नागरिक उड्डयन प्राधिकरणले राखेको सर्त बमोजिम थाइ एयर एसियाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट नियमित उडान गर्न लागेको हो।
अघिल्लो हप्ता अनुमति नलिइ काठमाडौं उडान गरेपछि थाइ एयर एसिया प्राधिकरणको कारवाहीमा परेको थियो। उक्त वायुसेवाले काठमाडौंबाट पुनः उडान सुरु गर्न लागेको हो भने भैरहवाबाट भने पहिलोपटक बैंककतर्फ नियमित उडान गर्न लागेको हो।
’थाइ एयर एसियाले हप्ताको दुई दिन भैरहवाबाट उडान गर्ने छ । थाई एअर एसियाको जहाज आइतबार बिहान ७ बजेर ५ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र भैरहवा बाट बैंककका बिहान ८ः५० मा उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका सूचना अधिकारी बिनोद राउतले बताए । भैरहवाबाट बैंकक तर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको जनाईएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.