श्रीन्यूज ओके रिपोर्टर
भैरहवा – बुटवल नारायणघाट सडक खन्ड्को दुम्कीबासमा पुल भाँचिदा आवागमन ठप्प भएको छ । नवलपुर जिल्लाको दुम्किबासमा बिनयी खोला माथिको पुल भाचिदा सो सडक खन्ड प्रयोग गरि पूर्वपश्चिम जाने सवारी साधन तथा मालबाहक साधन दुबै तर्फ रोकिएको रुपन्देहीका बरिस्ठ पत्रकार एवम सामाजिक अभियान्ता डि. आर. घिमिरेले श्रीन्यूज ओके लाई बताए । यात्राका क्रममा सोही स्थानमा रहेका घिमिरेले सामाजिक सन्जाल मार्फत यो घटनाको जानकारी दिदै डाइभर्सन नबन्दा सम्म बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छ्न ।
अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण जीर्ण अवस्थामा रहेको बेलिब्रीज स्ट्रक्चरमा निर्मित पुल भाँचिदा यातायात अवरुद्ध भएको छ ।
शुक्रबार साँझ साढे ५ बजेतिर विनयी खोला पुलमा भाँचिए पछि यो अवस्था आएको हो ।
डाइभर्सन निर्माण नगरेसम्म यातायात ठप्प हुने भएको छ । पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोला पुल सबैभन्दा लामो हो ।
( तस्बिर मा भाचिएको दुम्किबासको बिनयीखोला माथिको पुल । तस्बिर : डि आर घिमिरेको फेसबुक बाट साभार)
Get real time update about this post categories directly on your device, subscribe now.