काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सभा दल कर्णाली प्रदेशले प्रमुख सचेतक परिवर्तन गरेको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गुलावजंग शाहको स्थानमा प्रदेश सभा सदस्य सीता नेपालीलाई आइतबार नियुक्त गरेका हुन् । कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीविरुद्ध १८ जना ससदस्यले अविश्वास प्रस्ताव गरेकै दिन साहको स्थानमा नेपालीलाई नियुक्त गरिएको हो । मुख्यमन्त्री शाहीले प्रदेश सभा दलको विधानको धारा ७ बमोजिम नेपालीलाई प्रदेश सभाको प्रमुख सचेतकमा नियुक्त गरेको उल्लेख गरेका छन् ।
‘प्रस्तुत सम्वन्धमा नेपाल कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेश सभा दलको विधानको धारा ७ बमोजिम प्रदेश सभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश सभा दलका सदस्य तपाईँ सीता कुमारी नेपालीलाई प्रदेश सभा दलको विधान बमोजिम पार्टी र दलको हितमा काम काज गर्नुहुने विश्वास सहित तपाइलाई प्रमुख सचेतक पदमा नियुक्त गरेको छु’, प्रदेश सभा दलका नेता तथा मुख्यमन्त्री समेत रहेका शाहीले नेपालीलाई दिएको नियुक्तिमा भनिएको छ ।नेपालीलाई प्रमुख सचेतकमा दिएको नियुक्तिको बोधार्थ नेकपा कर्णाली प्रदेश कमिटीका अध्यक्ष, नेकपा केन्द्रीय कार्यलय काठमाडौ र प्रदेश सभा सचिवालय कर्णाली प्रदेशमा पठाइएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.