कपिलवस्तु, नेपाल विश्व हिन्दू महासंघले चीनले मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै कपिलवस्तुमा मंगलबार प्रदर्शन गरेको छ । नेपाल विश्व हिन्दू महासंघ जिल्ला कार्य समितिले कपिलवस्तु जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो । उनीहरुले चीनले मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै नाराबाजी गरेका थिए । चिएको नेपाली भूमि फिर्ता गर, चिनियाँ अतिक्रमण बन्द गर, चौतर्फी सिमा सुरक्षा सुनिश्तित गर, चिनियाँ विस्तारवाद मुर्दावाद, हिन्दू धर्म संस्कृतिमाथीको हस्ताक्षेप बन्द गर लगायतका नारा लगाउँदै उनीहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले कोरोनाको बहाना बनाएर दशैँ तिहारमा पूजा-अर्चना नरोक्न समेत सरकारसँग माग राखेका छन् ।प्रदर्शनमा प्रदेश महासचिव निरन्जन यादव, उदयभन यादवलगायत महासंघका कार्यकर्ताहरुको उपस्थि तिरहेको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.