श्री न्यूज ओके रिपोर्टर
भैरहवा ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले सुरक्षा जाँचका क्रममा भैरहवाको सिद्धार्थ बसपार्क नजिकबाट २४ लाख रुपियाँ सहित १ जनालाई नियन्त्रणमा लिएको छ । गत बिहीबार बुलुका करिब ४ बजे सिद्धार्थनगर नगरपालिका वडा नं. २, सिद्धार्थ बसपार्क नजिक बेलहियाबाट भैरहवा तर्फ आउदै गरेका सम्मरीमाई गाउँपालिका वडा नं. ६ बस्ने प्रमोद कुमार गुप्ताले आफुले चलाएको लु ४३ प १२३१ नं. को मोटरसाइकल बाँया लेगगार्डमा झुण्डयाई राखेको अवस्थामा चेकजाँचका क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी सत्यनारायण थापाले बताए ।
गुप्ताका साथबाट नेपाली ५०० दरको २६०० दुई वटा (१३ लाख १ हजार) ने.रु. १००० दरको १०९९ थान (१० लाख ९९ हजार) गरी जम्मा २४ लाख रुपैयाँ बरामद भएको छ । बरामद रकमका बारेमा सोधपुछ गर्दा उक्त रकम बारे कुनै पनि आय श्रोत खुलाउन नसकेपछि रकम सहित उनले चलाएको लु ४३ प १२३१ नम्बरको मोटरसाइकल आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरी कायालयले जनाएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.