श्री न्यूज ओके रिपोर्टर
रुपन्देही प्रहरीले बुटवल उप–महानगरपालिका अस्पताल लाइनबाट चेक जाँचका क्रममा ५ वटा ट्रकमा रहेका १२१ वटा गोरु र ५ जना ट्रक चालकलाई पक्राउ गरेको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५६५५ नम्बरको ट्रकमा २२ वटा गोरु, ना ८ ख ७३०२ नम्बरको ट्रकमा २५ वटा गोरु, बागमती प्रदेश ०३–००१ ख ०३३३ नम्बरको ट्रकमा २५ वटा गोरु ना ६ ख ५७१२ नम्बरका ट्रकमा २३ वटा र ना ५ ख ७५ ३९ नम्बरको ट्रकमा २६ वटा गोरु रहेको र सबै गोरुहरु र चालकलाई कारवाहीका लागि पशु क्वारेन्टाइन भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पक्राउ परेकामा बारा जिल्ला निजगढका ३६ वर्षिय गणेश पौडेल, निजगढकै ५२ वर्षिय शम्भु भट्टराई र ३२ वर्षका नवराज कार्की, बारा जीतपुर सिमरा उप–महानगरपालि का ३८ वर्षे तिलक बहादुर जिम्बा र मकवानपुर हेटौडाका ३० वर्षिय लक्ष्मण दर्नै रहेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.