खड्क बहादुर चौधरी (भाटु)
धकधई
कोरोना भाइरस संक्रमणका कारण गत चैत्रदेखि बन्द रहेको नेपाल–भारत स्थलनाका खुला गर्न माग भएको छ । अघिल्लो हप्ता जनता समाजवादी पार्टी केन्द्रीय समितिले विज्ञप्ती जारी गरी नाका खुल्ला गर्न सरकारसँग आग्रह गरेको थियो । मंसिर २० गते शनिबार रुपन्देही जिल्लाको धकधईमा खुल्ला सीमा खुला गर्न दबाब मूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् ।
स्थानीय विभिन्न राजनीतिक दलमा आवद्ध व्यक्ति, नागरिक समाज लगायतले नेपाल–भारत खुल्ला सीमा संवाद समूह रुपन्देहीका नामबाट शनिबार अन्तरक्रिया कार्यक्रममा लामो समयदेखि सीमा नाका बन्द रहँदा आर्थिक, सामाजिक, साँस्कृतिक रुपमा समस्या बढ्दै गएकोले नाका सुचारु गर्न माग गरिएको जसपाका नेता प्रशान्त गुप्ताले बताए ।
कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव, जसपा केन्द्रीय नेता देवेन्द्र पाण्डेय सागर, राप्रपाका ताहिर अलि, जसपाका विद्या यादव, नेकपाका संजय गुप्ता, धकधई सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश यादव लगायतले स्वास्थ्य सर्तकतालाई ख्याल गरी नाका सुचारु गरी सीमा क्षेत्रको जनजीवन सहज बनाउन माग गरे ।
Get real time update about this post categories directly on your device, subscribe now.