श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
रोटरी क्लव अफ भैरहवाले संस्था स्थापनाको पाँचौ स्थापना दिवसको उपलक्ष्यमा सिद्धार्थ बालगृहमा रहेका १९ बालबालिकाहरुलाई न्यानो पोशाक (ट्रयाकशुट) , स्पोर्टशुज तथा स्टेशनरी सामान प्रदान गरेको छ ।
संस्थाले स्थापनाको पहिलो वर्ष देखिनै स्थापना दिवसका दिन बिहान वृद्धवृद्धा, अनाथ बालबालिकालाई आश्रय दिइरहेका संस्थाहरु साथै अपाङ्गता भएका व्यक्ति साथै आपदविपद्मा परेकालाई आवश्यक सहयोग सामग्री र बेलुका स्थापना दिवसको कार्यक्रम आयोजना गर्दै आएको रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष राजकुमार गुप्ताले बताए ।
आईतबार संस्थाले स्थापनाको पाँचौ वर्षको अवसरमा बिहान सिद्धार्थ बालगृहमा रहेका १९ बालबालिकाहरुलाई न्यानो पोशाक, स्पोर्टश शुज हस्तान्तरण मात्र नभई उनिहरुलाई भोजन पनि गराएको छ ।
बालगृहमा आयोजित कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ (नेपाल÷भुटान) का गभर्नर राजिव पोखरेल, डिष्ट्रिक ३२९२ (नेपाल÷भुटान) का जिएसआर एजाज आलम, रोटरी भैरहवाका संस्थापक अध्यक्ष राजकुमार गुप्ता, वर्ष रोटरी भैरहवाका अध्यक्ष शिवहरी अर्याल, सचिव कमल पराजुली लगायतले सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा संस्थाले ११ हजार रुपैयाँ र जिएसआर आलमले बालगृहकी सञ्चालिका कृष्णमाया गुरुङ्गलाई हस्तान्तरण गरे ।
सामग्री र आर्थिक सहयोग हस्तान्तरण गर्दै गभर्नर पोखरेलले जहाँ दुःखी, असहाय त्यहाँ रोटरीको साथ रहेको भन्दै स्थापनको छोटो समयमै रोटरी क्लब अफ भैरहवाले स्वास्थ्य, शिक्षा, बालबालिका, अपाङ्गता लगायत सामाजिक क्षेत्रमा र अहिले कोरोना भाईरस संक्रमणको जोखिमको समयमा बिभिन्न माध्यमबाट कोरोना न्यूनिकरणका लागि उत्कृष्ट कार्य सम्पादन गर्न सफल भएको बताए । रोटरी भैरहवाका अध्यक्ष शिवहरी अर्यालले बालगृहमा रहेका बालबालिकाहरुको सहयोग निरन्तर रहने र १८ वर्ष पुगेपछि काम गर्न चाहनेहरुका लागि रोजगारका लागि पहल समेत गर्ने बताए ।
बालगृहकी सञ्चालिका कृष्णमाया गुरुङले रोटरी क्लब अफ भैरहवा लगायतका बिभिन्न संघसंस्थाको सहयोगले आवश्यक खाद्यान्न, मसलन्द लगायतका सामानको कमि नभएको भन्दै बालगृहका लागि स्थायी आश्रय स्थल अथवा जग्गा कुनै सहयोगी दाताले उपलब्ध गराइदिए भवन निर्माण गर्ने मनकारीहातहरु रहेको बताउँदै जग्गा उपलब्धताका लागि पहल गरिदिन आग्रह गरिन् । रोटरी क्लव अफ भैरहवा २०७३ साल मंसिर २१ गते भैरहवा क्षेत्रका उद्योगी, व्यवसायी, चिकित्सक, शिक्षण, बैंकर्श, होटलियर, मिडिया, केबलनेट लगायत बिभिन्न पेशा संघसंस्थामा रहेका ५४ जना युवाहरुलाई संगठित गराई राजकुमार गुप्ताको नेतृत्वमा स्थापना भएको हो ।
Get real time update about this post categories directly on your device, subscribe now.