भैरहवा
लुम्बिनी निर्माण व्यवसायी संघले १३ औं राष्ट्रिय निर्माण दिवस २०७७ को अवसरमा रक्तदान तथा खाद्यान्न वितरण कार्यक्रम आयोजना गरेको छ । निर्माण व्यवसायीहरुले प्रत्येक वर्ष मंसिर २२ गतेलाई राष्ट्रिय निर्माण दिवसको रुपमा मनाउने गरेका छन् । रुपन्देहीका निर्माण व्यवसायीहरुको प्रतिनिधि मूलक संस्था लुम्बिनी निर्माण व्यवसायी संघले भैरहवामा विहान रक्तदान कार्यक्रम तथा दिउसो श्री सत्य साई वृद्धाश्रममा खाद्यान्न वितरण गरी मनाएको संघका अध्यक्ष विनयी ज्ञवालीले बताए ।
कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा संघका महासचिव प्रयाश खड्काले जनाए । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा रक्तदाताहरुलाई प्रमुख अतिथि निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष टोप बहादुर रायमाझीले कदर पत्र प्रदान गरेका थिए ।
त्यसै गरेर निर्माण दिवसको अवसरमा दिउसो भैरहवाकै श्री सत्यसाई वृद्धाश्रममा खाद्यान्न लगायतका अति आवश्यक दैनिक उपभोग्य वस्तु हस्तान्तरण गरेको अध्यक्ष ज्ञवालीले बताए । दुबै कार्यक्रममा संघका सल्लाहकार युवराज तिमिल्सिना मञ्जु भुषाल, बुटवल शाखा सचिव बुद्धि थापा, पूर्व अध्यक्षहरु संघका पदाधिकारी तथा सदस्य, व्यवसायी लगायतको उपस्थिति थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.