मनोरञ्जन शर्मा
भैरहवा
यस क्षेत्रका उद्योगी व्यवसायीहरुको प्रतिनिधि मूलक सस्था सिद्धार्थ उद्योग वाणिज्य संघको साधारण सभा पुसको २४ र २५ गते (शुक्र र शनिबार) गर्ने निर्णय संघले गरेकोछ । साधारण सभाबाट हुने निर्वाचनले नयाँ नेतृत्व चयन समेत गर्ने भएकाले संघका उद्योगी व्यवसायी सदस्यहरुले अध्यक्ष, पदाधिकारी लगायत पदमा दावेदारी प्रस्तुत गर्न थालेका छन् ।
संघको नेतृत्व लिन वर्तमान वरिष्ठ उपाध्यक्ष भिष्म न्यौपाने ‘सर्बज्ञ’ ले यस अघिनै अध्यक्षको दाबेदारी गरिसकेका छन् । वर्तमान समितिका अन्य कुनै पदाधिकारीहरुले अध्यक्षमा दावेदारी नगर्ने देखिएकाले उनी अध्यक्ष पदका दावेदारी हुन् । म कार्य समिति सदस्य हुँदै एक दशक भन्दा लामो समयदेखि संघमा रहेर काम गरिरहेको छु, अब अध्यक्ष पदको म निर्बिकल्प व्यक्ती हो, सबैको चाहना पनि छ, भिष्मले भने ।
त्यसै गरी संघका पूर्व कोषाध्यक्ष लगायत विभिन्न पदमा रहिसकेका उद्योगी नवराज न्यौपानेले पनि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी हुने बताएका छन् । अझै एक महिना समय छ, भरसक सहमतिमा मिलाएर अघि बढौ नत्र प्रजातान्त्रिक तथा लोकतान्त्रिक संस्कार अनुसार निर्वाचनको प्रकृया छदैछ, न्यौपानेले भने ।
त्यस्तै संघका पूर्व वरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार रही सकेका डा. शान्त कुमार शर्माले पनि अध्यक्षमा दाबी गरेका छन् । व्यवसायी साथिहरुको चाहना आफुले उम्मेदवारी दिनु पर्छ भन्ने रहेको छ र सरसल्लाहबाट निर्णय गर्छु, तर अध्यक्षको दाबी मेरो पनि हो, डा. शर्माले भने ।
त्यस्तै अन्य पदहरुमा वरिष्ठ उपाध्यक्षमा वर्तमान वाणिज्य उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठको दाबी छ भने अर्का वाणिज्य उपाध्यक्ष अरुण गोयनकाले अहिले कुन पदमा उम्मेदवारी दिने भन्ने निर्णय नगरेको तर सहमतिमा सबै मिलेर जानु पर्छ भन्ने आफ्नो धारणा रहेको बताएका छन् । गोयनका पनि वरिष्ठ उपाध्यक्षका आकांक्षी हुन् । त्यसै गरी विगतमा सहमति हुँदा आफुलाई वरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी दिने भनिएको हुँदा अहिले आफ्नो आकांक्षा वरिष्ठ उपाध्यक्ष पदमा रहेको वर्तमान समितिको सदस्य संजय बजिमयले बताए ।
त्यस्तै वर्तमान महासचिव नेत्र प्रसाद आचार्यले वाणिज्य उपाध्यक्षमा आफ्नो उम्मेदवारी हुने बताए । त्यस्तै गरी वर्तमान सचिव विजय पाण्डेको महासचिव पदमा दावी रहेको बुझिएको छ । उता सचिव पदमा कार्यसमिति सदस्यहरु मंगल भण्डारी, दिपेन्द्र प्रधान र यमकला न्यौपानेको दावी छ । त्यस्तै कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष दिलिप कान्दु साथै सञ्जय बेरिवाल, गोबिन्द ज्ञवाली, पशुपति कान्दु आकांक्षी रहेका छन् । त्यस्तै सदस्यहरुमा केही बाहेक वर्तमान अधिकांश सदस्यहरुले सोहि पदमा दोहो¥याउने बताएका छन् । हरिश सेठिया, रमेश घिमिरे, गौरव श्रेष्ठ, भुवन कान्दु, त्रिलोकी प्रसाद तेली, प्रितम रौनियार, अर्जुन कार्की, गंगाधर अग्रहरी, भवानी बुर्लाकोटी, पल्लवी न्यौपाने (महिला सदस्य), रबि श्रेष्ठ, सुरेन्द्र पाैडेल, कमल मरासिनी, रोहित अग्रवाल, कृष्ण घिमिरे, (एशोसियट सदस्यमा) लगायतको सदस्यमा दाबी छ । त्यस्तै गरी लुम्बिनी क्षेत्रका राजु न्यौपाने, भैरहवाका रियाज वारिस, इम्तियाज अहमद, चन्द्र थापा, उमेश थापा, धर्मराज आचार्य, सुवर्ण श्रेष्ठ (बाबा फोटो) लगायतका नयाँ अनुहारले पनि सदस्य पदमा उम्मेद्वारी दिने बुझिएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.