न्यूज ओके रिपोर्टर
सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य कृष्ण प्रसाद शर्माले उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन् । शर्मालाई सिद्धार्थ उद्योग वाणिज्य संघले अध्यक्षमा उम्मेद्वार उठाउने निर्णय गरेको संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले बताए ।
विगतका सहमतिका आधारमा पनि अहिले अध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णय भएको हो । सहयोगको लागि सबै जिल्ला, नगर उद्योग वाणिज्य संघ र एशोसिएट तथा वस्तुगत सदस्यहरुमा शर्मालाई मत दिई विजयी बनाउन आग्रह संघले गरेको न्यौपानेले बताए ।
महासंघको लुम्बिनी प्रदेशमा जिल्ला नगर तर्फ ३६ र एशोसिएटमा १२९ जना र वस्तुगतमा १ सदस्य रहेका छन् ।
उद्योग वाणिज्य महासंघको विधान अनुसार ३ वर्षको अवधि रहने छ । अहिले अध्यक्ष सहित २ उपाध्यक्ष र १ कोषाध्यक्ष र ८ जना सदस्य गरी १३ जनाको कार्य समिति बन्ने छ । आउने पुस ३ गते बस्ने महासंघ लुम्बिनी प्रदेशको कार्य समिति बैठकले साधारण सभाको तिथि र निर्वाचनको कार्यक्रम तय गर्ने प्रदेश अध्यक्ष गुणनिधि तिवारीले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.