न्यूज ओके रिपोर्टर
भैरहवा
वाइल्ड लाइफ न्यूजमा आज हामीले जंगली जनावर हात्तीका विषयमा केही रोचक प्रसंगहरु प्रस्तुत गरेका छौं ।
हात्ती जंगली मात्र नभएर घरमा पनि पालिने गरिन्थयो । पहिला–पहिला तराई मधेशमा पनि हात्तीहरु पालिने गरेकोमा अहिले कतै–कतै मात्र भेटिने गरिन्छ । धेरैले आरक्ष क्षेत्रमा त्यहाँका होटलहरुमा जंगल सफारी गर्नका लागि आम्दानीको श्रोत देखेर बहालमा लगाएको समेत पाइन्छ ।
नेपालको चितवन, पर्सा, बर्दिया, बाँके निकुञ्जमा हात्तीहरु रहेका छन् । चितवन र बर्दियामा हात्तीमा चढन समेत पाइन्छ भने जंगली हात्तीले जिउज्यानको नोक्सान गरेको समेत पाइन्छ । आजको वाइल्ड लाइफ न्यूजमा त्यही हात्तीहरु सम्बन्धी सानो रोचक कुराहरु जुन तपाईलाई थाहा नभएको पनि हुन सक्छ, त्यो प्रस्तुत गरेका छौः
- हात्ती उफ्रिन नसक्ने एक मात्र स्तनधारी जीव हो ।
- यो दौड्दा पनि कम्तिमा एउटा खुट्टाले भुइँमा टेकिरहेको हुन्छ ।
- हात्ती सबैभन्दा लामो समय (२२ महिना) गर्भधारण गर्ने स्तनधारी जनावर हो ।
- अफ्रिकी हात्तीको बच्चा जन्मदै ठूलो हुन्छ । भर्खरै जन्मिएको छावा एक सय २० किलोग्रामसम्मको हुन्छ ।
- हात्तीको बच्चालाई छावा भनिन्छ ।
- छावा जन्मेको २० मिनेटभित्र उभिन सक्छ । एक घण्टाभित्र हिड्न सक्छ र दुई दिनपछि समूहमा हिड्न सक्छ ।
- हात्तीको मस्तिष्कमा हुने “टेम्पोरल लोब“ मानिसको भन्दा ठूलो र बाक्लो हुन्छ । यहि कारणले हात्तीले लामो समयसम्म बसाइसराइ गर्दा पनि आफू हिडेको बाटो, पानीको स्रोत कहिल्यै बिर्सदैन ।
- हात्तीको सुडमा करिब आठ लिटरसम्म पानी अटाउँछ ।
- हात्ती विशाल जीव भए पनि करिब २५ माइल प्रतिघन्टाको दरले कुदन सक्छ ।
- अफ्रिकी हात्तीको कान एसियाली हात्तीको भन्दा ठूलो हुन्छ ।
- हात्तीले मौरीलाई घृणा गर्छ र मौरीसँग डराउछ पनि । त्यसैले विभिन्न ठाउँका किसानले आफ्नो बालीनाली हात्तीबाट बचाउनका लागि मौरीपालन गर्छ्न ।
- मानिस जस्तै हात्तीले पनि आफुले माया गरेको हात्तीको मृत्युमा शोक मनाउने गर्छ । कैयौं वर्ष भइसक्दा पनि शोक परेको ठाउँमा गएर मौनतापूर्वक बस्ने र रुने गर्छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.