श्रीन्यूज ओके रिपोर्टर
भैरहवा
जिल्ला प्रहरी कार्यालय गस्ती तथा चेक जाँचका क्रममा भारतबाट ल्याइएका ब्रोइलर कुखुरा साथै कुखुराको मासु बरामद गरेको छ । आइतबार विहान मायादेवी गाउँपालिका वडा नं. ६, बेथरीबाट ११० गोटा जिउँदो ब्रोइलर कुखुरा, ब्रोइलर कुखुराको मासु २० केजि, र माछा ८ गोटा चेकजाँचका क्रममा भारतबाट ल्याइएको पाइएपछि नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन चेकपोष्ट बेलहिया, भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए ।
भारतबाट पंक्षीजन्यवस्तुहरु नेपाल आयतमा प्रतिवन्ध छ ।
Get real time update about this post categories directly on your device, subscribe now.