श्री न्यूज ओके रिपोर्टर
भैरहवा
जनता समाजवादी पार्टी नेपालको भातृ सस्था समाजवादी युवा संघले प्रदेश स्तरीय युवा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
लुम्बिनी प्रदेश समाजवादी युवा संघको आयोजनामा यही पुस ३ र ४ गते बुद्धजन्मस्थल लुम्बिनीको श्रीलंकन अतिथी गृहमा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका युवाहरु प्रशिक्षणमा सहभागि हुने समाजवादी युवा संघका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक असलम खानले बताए ।
युवा नेतृत्व र बिकाश बिषयमा प्रशिक्षण दिन जसपा अध्यक्ष उपेन्द्र यादव, युवा संघका केन्द्रिय अध्यक्ष एवं प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, पार्टीका नेताहरु डम्बर खतिवडा, नवराज सुवेदी लगायत आउने जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सदस्य उज्जवल पोखरेलले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.