- न्यूज ओके रिपोर्टर
भैरहवा ।
लुम्बिनी विकाश कोषका उपाध्यक्ष अवदेश कुमार त्रिपाठि (भिक्षु मेत्ता) नेपाल जेसीजबाट उत्कृष्ट युवा पुरस्कारका लागि छनौट भई पुरस्कृत भएका छन् । नेपाल जेसीज वर्ष २०२०को उत्कृष्ट युवा छनौट समिति द्धारा त्रिपाठि बर्षका उत्कृष्ट युवाका रुपमा छनौट भई नगद तथा स्वर्ण पदक सहित उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित गरेको हो । ऐतिहासिक अन्वेषण, धर्म र संस्कृतिको संरक्षण क्षेत्रमा उल्लेखनिय योगदान पुर्याए वापत उपाध्यक्ष त्रिपाठि उत्कृष्ट युवा छनौट भएको उत्कृष्ट युवा छनौट समिति नेपाल जेसिज २०२०का सभापति विकास शारदाले बताए । त्रिपाठिलाई रुपन्देहीको तिलोत्तमा नगरमा आयोजित नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाअधिबेशनको उदघाटन सत्रमा प्रमुख अतिथी नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले स्वर्ण पदक, नगद र कदरपत्रले सम्मान गरेका थिए । सम्मानित भए पछि आफूमा थप जिम्मेवारी बोध भएको उपाध्यक्ष त्रिपाठिले बताए । नेपाल जेसीजको अधिबेशन पुस ४ गते सम्म चल्दैछ । महाअधिबेशनले नयाँ नेतृत्व निर्बाचित गर्दैछ ।
Get real time update about this post categories directly on your device, subscribe now.