• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Saturday, November 8, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

अंकल कम्बलले अव न्यानो हुन्छ

Shree News Ok by Shree News Ok
५ पुष २०७७, आईतवार २२:४८
1 min read
81 1
79
SHARES
154
VIEWS

श्रीन्यूज ओके रिपोर्टर                                                                                                                                                                      भैरहवा ।


  
शुक्रवार रुपन्देहीको मौसम चिसो थियो । बिहानै देखि घाम देखिएको थिएन। दिउसो पनि सुर्य र बादल बिच लुकामारी खेल भैरहेको थियो । शहर र गाउँ तिर बाटो छेउमा घर अघि आगो बालेर बसेका धेरै भेटिए । भैरहवाबाट जति उत्तर लागियो दिउसो चिसो त्यति कम हुन्छ र भैरहवाको तुलनामा घाम पनि लाग्छ ।                                                                
उमेरले पाका भैरहवाका तिन युवा दुश्यन्त थापा मगर, प्रेम राज शर्मा र राजकुमार गुप्ता शुक्रबार दिउसो त्यस्तै अढाई तिन बजे तिर कौशी डाउनटाउन परिसरमा बसेर कफि पिउदै गर्दा चिसो बढेको कुरा गरे ।
हुने खानेलाई त चिसो जति बढे पनि केही समस्या छैन, तर सडक किनारमा आश्रय बनाउदै आएका मानिसहरु को अवस्था कस्तो होला अहिले, लौन प्रेम दाई केही गरौ, राजकुमारले भने । हुन्छ म अलिकति ओढने कम्बल(ब्लान्केट) व्यबस्था गर्छु, उपलब्ध भयो भने बाडुम्ला, प्रेमले भने । तिन जनामा उमेरका हिसाबले पाका दुश्यन्तले रातको समयमा सडक छेउमा बस्नेहरु खोज्दै कम्बल ओढाउदै जाने प्रस्ताब पास भयो ।
प्रेमले १ सय बढी कम्बल व्यवस्था गरे । उनको घर(गल्लामण्डी, सुगरमिल)मा गएर कम्बल मिलाईयो ।                                                     

साझ ७ बजे झमक्कै अध्यारो भैसकेको थियो । दुश्यन्तको सेतो कारमा ३५ थान कम्बल राखेर कौशी डाउनटाउन परिसरबाट बुटवल हुईकियो कार । कार राजकुमारले हाकेका थिए । प्रेम र दुश्यन्तको साथमा सञ्चारकर्मि शारदा मल्ल पनि थिईन् । अञ्चलपुरबाट यसै सञ्चारकर्मि मनोरञ्जन शर्मा पनि कारमा चढदै बुटवल लागे । बुटवल चौराहा सम्म खासै कोही भेटिएन। गोलपार्क सम्म पुगियो । सडकमा दायाबाया त्यस्ता दुखमा परेका मानिसहरु देखिएनन । बुटवलका सञ्चारकर्मि स्वस्तिक श्रेष्ठलाई फोन गरी उद्धेश् यबारे अवगत गराउदै कुन स्थानमा त्यस्ता मानिस बढि छन भनि सोध्दा उनले भने ‘ बुटवल अहिले सडक मानव मुक्त शहर अभियानमा छ, त्यसैले भेटन गाह्रो छ भने । श्रेष्ठले भने जस्तै बुटवलमा कोही भेटिएन्। राजमार्ग चौराहामा एक जना भेटिए उन्लाई कम्बल दिएर टोलि पश्चिम तिनाउ पार हुईकियो । तर कोही देखिएन् ।                                                                                                                                                                                                            
पारी बुटवल जितगढीमा बाल आश्रम भएको थाहा भयो । गाडी आश्रमको अघि रोकियो। करिब ८ बजेको थियो । तापमान करीब ११ डिग्रीको आसपासमा थियो । आश्रमको मुलगेटमा ताला लगाईसकेको थियो । भित्र बालबालिकाहरु बसेको देखिए पछि बोलाईयो । सायद एक जना महिला कर्मचारी हुनुहुन्थ्यो । उहासंग सम्पर्क गर्दा २५ जना रहेको बताउनु भयो । सबैलाई एक एक वटा कम्बल दिईयो । ६।७ बर्षका बालबालिका पनि रहेछन् । 

                                                                                                                                                                                                                                       
एक साना बालकलाई राजकुमारले कम्बल दिदै भने ‘बाबु हेर है, च्यातिएको हुन सक्छ,’ होईन अंकल च्यातिएको भए पनि केही हुन्न, अब न्यानो हुन्छ,सुत्दा, साना बालकले भने । बालकको जवाफले सबैलाई भावुक बनायो । २५ वटा कम्वल बाढनु सामान्य काम हो, जस्ले पनि बाढन सक्छ, तर उचित समयमा उचित व्यक्तिले पायो भने त्यो सर्बोत्तम कार्य हो, प्रेमले भने । बुटवल उपमहानगर पालिका –१३ जितगढी स्थित बालकल्याण गृह आश्रममा रहेका सबै २५ बालबालिका सुत्ने बेलामा न्यानो ओढने पाउदा निकै हर्षित भएका थिए । रातको बेलामा अझ चिसो मौसममा यसरी आएर कम्बल कसैले दिएर जाला भनेर चिताएकी पनि थिईन, आश्रमकी महिला कर्मचारीले भनिन ।

चिसोमा अचानक बनेको योजना राम्रो भयो, अब बाकी कम्बल पनि यसै गरी बाढने हो, दुश्यन्तले भने । आवश्यकता भएकालाई दिने हो, उनले भने ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?