- श्रीन्यूज ओके रिपोर्टर
काठमाण्डौं
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद (प्रतिनिधि सभा) विघटन गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गर्दै २०७८ बैशाख १७ गते शुक्रबार पहिलो चरण र बैशाख २७ गते सोमबार दोस्रो चरणको निर्वाचनको तिथि घोषणा गरेकी छिन् ।
यस अघि आज विहान मन्त्री परिषद्को बैठक पछि प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति समक्ष संसद विघटनका लागि सिफारिस गरेका थिए ।
यस अघि २०७४ सालमा प्रतिनिधि सभाको निर्वाचन मङ्सिर १० गते प्रथम चरण र मङ्सिर २१ गते दोस्रो चरणको निर्वाचन भएको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.