- भैरहवा
अझै पनि सिद्धार्थनगर नगर पालिका (भैरहवा)मा ३१ जना सर्बसाधारणमा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखाका अनुसार २०७७ पुष ६ गते सम्म ३१ जनामा पोजिटिभ रहेको पाइएको र उहाँहरुको अस्पताल र होम आइसोलेशनमा उपचार भइरहेको छ ।
कार्यालयका स्वास्थ्य शाखा प्रमुख उमा थापाका अनुसार २ जनाको काठमाण्डौमा, १ जनाको भैरहवा स्थित युसिएमएस मेडिकल कलेजमा र बाँकी २८ जना होम आइसोलेशनमा रहेका छन् ।अहिले पोजिटिभ देखिएका हरुमा वडा नम्बर १ का ४, २ र ३ का एक एक, वडा नम्बर ४ का ४, पाँचका २, ६ का पाँच, ८ का ८, वडा ९का पाँच, र वडा १३का १ गरी ३१ जना छन् ।
सिद्धार्थनगरमा पहिलो केस जेष्ठ ६ गते पुष्टी भएको थियो । सिनपा ८ का उनि रबिन्द्र गुप्ता थिए । भारतमा रोजगारका लागि गएका उनि त्यहाँ संक्रमणको जोखिम बढे पछि नेपाल आएका थिए ।
जेष्ठ ६ देखि अहिले सम्म भैरहवामा १ हजार २ सय ३५ जनामा कोरोना पोजिटिभ देखिएको थियो । जस मध्ये १ हजार १ सय ८८ जना निको भएका छन भने ३१ जना अझै उपचारमा र १६ जनाको मृत्यु भैसकेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.