- भैरहवा
राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीका युवा नेता एवम् लुम्बिनी प्रदेशका प्रवक्ता रवि कुमार रौनियारले पार्टी परित्याग गरेका छन् । पार्टीका अध्यक्ष कमल थापालाई जिल्ला अध्यक्ष सागरप्रताप राणा मार्फत पत्र पठाउँदै पार्टीको सम्पूर्ण पद तथा साधारण सदस्यता समेत नरहने गरी राजिनामा दिएका छन् ।
उनले पार्टी प्रति पूर्ण सम्मान रहेपनि पार्टीका केही पदाधिकरीहरुको अलोकतान्त्रिक गतिविधि तथा युवाहरुलाई राजनितिक बन्देजीकरण साथै पार्टीका केही व्यक्तिहरुले बारम्बार आफ्नो चरित्र हत्या गरिरहेको र निकै तल्लो स्तरमा गएर आफु विरुद्ध तल्लो स्तरको दुस्प्रचार गरेको जनाउँदै आजकै मितिबाट साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको जनाएका छन् ।
रौनियार पछिल्लो समय २५ रुपियाँमै खाना खुवाउने लगाएत विभिन्न कार्यक्रमका माध्यमबाट भैरहवा क्षेत्रमा लोकप्रिय युवाको रुपमा अघि बढिरहेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.