- भैरहवा
स्थापनाको छोटो समयमा विभिन्न रचनात्मक कार्य गरी ख्याती कमाएको लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले सामाजिक कामलाई निरन्तरता दिएको छ । यसै क्रममा क्लबले गत शनिबार मर्चवार क्षेत्रका ३० विपन्न परिवारलाई कम्बल वितरण गरेको क्लबका अध्यक्ष अरुण कुमार मिश्राले बताए । सम्मरीमाई गाउँपालिका वडा नं. ४ का ३० विपन्न परिवारलाई अहिलेको चिसो समयमा केही भए पनि सहयोग गर्नु पर्छ भन्ने उद्देश्य राख्दै कम्बल वितरण गरिएको अध्यक्ष मिश्राले बताए ।
क्लब सन् २०१९ मा स्थापना भएको हो, र यसका संस्थापक अध्यक्ष गौतम कुमार गुप्ता हुन् । क्लबले कोरोना भाइरस महामारीका बिच पनि विभिन्न रचनात्मक का मगर्दै आएको छ । बाढी प्रभावितलाई राहत प्रदान गर्ने होस या बाढीका करण घर गुमाएका मर्चवार क्षेत्रका २५ बासिन्दालाई अस्थायी घर बनाउन कर्कट पाता, पाइप जस्ता सामाग्री दिएर होस या भैरहवा क्षेत्रका विभिन्न स्थानमा हात धुने सुविधा सहितको पानी टंकी प्रदान गरेर होस् या सीमामा रहेका सशस्त्र प्रहरीलाई हातधुने सुविधा सहितको पानी टंकी अथवा आर्थिक अभावमा उपचारमा समस्या परेका नवलपरासी, र प्यूठानका बालकहरुको उपचारमा सक्दो आर्थिक सहयोग गरेको क्लबका सचिव राजन शुक्लाले बताए ।
कम्बल वितरण कार्यक्रममा स्थानीय युवा सुजित कुमार त्रिपाठी, सन्दिप त्रिपाठी लगायतले क्लबले मर्चवार क्षेत्रमा अहिले मात्र नभई विगतमा पनि काम गर्दै आएको र निरन्तरता दिन आग्रह गरे । क्लबबा अध्यक्ष मिश्राले आफ्नो कार्यकालमा शहरमा मात्र नभई ग्रामिण क्षेत्रमा पनि शिक्षा, स्वास्थ्य, सामाजिक विकास लगायतका काम निरन्तर गर्ने बताए ।
क्लबका टेल ट्विस्टर तथा कार्यक्रम संयोजक बिशन गुरुङ्गले स्वागत मन्तव्य तथा क्लबका तृतीय उपाध्यक्ष रविकान्त उपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.