- भैरहवा
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छली भित्रयाइएको १२ लाख भन्दा बढी मूल्यका विभिन्न सामान नियन्त्रणमा लिई भन्सार कार्यालय भैरहवा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता सत्य नारायण थापाका अनुसार जिल्लाबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा चेक जाँचका क्रममा ४१३० किलो प्याज, चिनी ४०० किलो तथा ४ गोटा बोका नेपाल भित्रयाइरहेको अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय भैरहवा तथा बोकालाई भैरहवा पशु क्वारेन्टाइन चेक पोष्ट बेलहिया पठाइएको छ । प्याज, चिनी र बोकाको कुल मूल्य १२ लाख ३५ हजार ५ सय रुपियाँ रहेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.