- भैरहवा
रुपन्देहीमा विभिन्न पार्टी परित्याग गरी ३ सय जना भन्दा बढी जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा राप्रपा, नेपाली काँग्रेस, नेकपा लगायतका पार्टीका छन् ।
संविधान सभासदस्य सीमा वि.क., राप्रपा युवा नेता ई. रविकुमार रौनियार, सामाजिक अभियन्ता सुनिल पुन, बास रुपन्देहीका प्रवन्ध निर्देशक विजया खत्री, राप्रपा वडा नं. ६ का बुथ सभापति इस्तियाक खान, सिद्धार्थनगर नगरपालिका वडा नं. १ का निर्वाचित वडा सदस्य एवम् राप्रपाका युवा नेता दिपेश शाही लगायत ३ सय भन्दा बढी जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । (भिडियो हेर्न यो फोटोमा क्लिक गर्नुहोस् ।)
भैरहवामा आयोजित विशेष कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व उप–प्रधानमन्त्री उपेन्द्र यादव, पार्टीका केन्द्रीय नेता एवम् पूर्व रक्षा मन्त्री, शरद सिंह भण्डारी, केन्द्रीय नेता एवम् पूर्व शिक्षा मन्त्री शर्वेन्द्रनाथ शुक्ला, जसपाका जिल्ला अध्यक्ष रामअवतार यादव लगायतले टिका लगाई खादा ओढाएर सदस्यता रसिद प्रदान गर्दै पार्टी सदस्यता दिलाएका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय नेतासँगै जसपा लुम्बिनी प्रदेशका नेताहरु, जसपा रुपन्देहीका नेताहरु, जसपाका भातृ संस्थाका नेता कार्यकर्ताहरु लगायतको ठूलो उपस्थिति थियो । पार्टी प्रवेश कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य देवेन्द्र पाण्डेयले गरेका थिए । जसपा रुपन्देहीका उपाध्यक्ष मोहनलाल यादवले स्वागत मन्तव्य गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.