- भैरहवा ।
उनी अर्थात बिष्णुमाया पुनको ईच्छा थियो पावर लिफ्टि· खेलमा राष्ट्रको लागि खेल्ने । उनी आफनो लक्ष्य अनुसार अघि बढीरहेकी थिइन् । नियमित प्रशिक्षणमा थिइन उनी बुटवलमा साथै दैनिक जिविका चलाउन फिटनेश सेन्टरमा प्रशिक्षकका रुपमा कार्यरत पनि थिइन् । रुपन्देही जिल्ला मा मात्र होइन यो क्षेत्रको सबै भन्दा बलिस्ठ महिला नारीका रुपमा उनि परिचित थिइन् । उनको रिकर्ड थियोे १४२ केजि स्कवाट, ११० केजि बेन्च प्रेस र ११५ केजि डेटलिफ्ट गरी कुल ३६७ केजि उठाउन सफल नारी हुन् बिष्णुमाया पुन । उनी लगनशील थिइन्, आफ्नो कर्ममा नियमित प्रशिक्षणमा रहेकी थिइन् ।
तर देशका लागि खेल्ने उनको सपना भने पुरा नहुने भयो । २०७६ चैत्र ५ गते उनको जिवनको लागि कालो दिन बन्यो । चैत्र ५ गते उनलाई बुटवलमा टिपरले ठक्कर दियो । टक्कर दिँदा सामान्य लडेको बिष्णुमायालाई टिपरले पुनः ब्याक गरी गंभिर घाइते बनायो । पहिलो ठक्करबाट सामान्य घाइते बिष्णुमायालाई टिपर ब्याक गरी किचेर मार्ने नियतले चालकले टिपर ब्याक त गरयो । तर उनको ज्यान गएन् । भाग्यले बाँच्न सफल त भइन् । तर एउटा खुट्टा सधैका लागि गुमाउन पुगिन् ।
फिटनेश क्लबबाट नियमित काम सकेर घर जाँदै गर्दा उनको जुन सपना थियो राष्ट्रिय झण्डा बोकेर देशका लागि खेल्ने त्यो सपना क्षण भरमै टिपरको ठक्करले चकानाचुर ग¥यो ।
दर्शकको ताली, देशका लागि पदक, स्वागत, परिवारमा खुसीयाली सबै सपनानै भयो । उनको खेल क्षेत्र पूर्ण समाप्तिको बिन्दुमा पुग्न केही सेकेण्ड लाग्यो ।
यति ठूलो दुर्घटना भएर बाँचेकी बिष्णुमायाले उपचार बापत पाउनु पर्ने पुरै रकम अझ पनि पाएकी छैनन् । उपचारका लागि लाखौ खर्च गरेकी बिष्णु माया ९ महिना पछि सन्चो भएर त आइन् तर उनीसंग उनको एक साथ अर्थात खुट्टा सधैका लागि गुमाउनु पर्याे ।
अगाडिको बाटो कसरी हिडने उनको सामु तेर्सिएको प्रश्न थियो । तर उनले कति पनि हिम्मत हारिनन् । मृत्युको मुखबाट फर्केकी बिष्णुमाया पुनः खेल तर्फ फर्किएकी छिन् र अहिले भने प्रशिक्षकको भूमिकामा । देशका लागि खेल्ने सपना पुरा नभए पनि उनि नयाँ खेलाडी जन्माउन सकिन्छकी भन्ने अठोटका साथ अघि बढेकी छिन् । अहिले उनको पूर्ण ध्यान जिम, फिट्नेस र अभ्यास तर्फ लागेको छ । उनलाई अहिले आर्थिक तथा मानसिक दुबै समस्याले सताएको छ । प्रशिक्षण गरे बापत उनले केही रकम पाउलिन् त्यसले केही राहत देला तर उपचारमा भएको खर्च लाखौ छ, तिर्नु धेरै छ, सहयोग खासै छैन् ।
सिमित संघ संस्था र व्यक्तिगत सहयोगबाट मात्र केही सहयोग मात्र प्राप्त गरेकी नारीलाई दुर्घटना पछि घाइते रकम प्राप्त गर्न पनि एउटा खुट्टाको भरमा नेपाल सरकारको विभिन्न कार्यालय को ढोका चहार्नु र बारम्बार मिलोमतोमा आउन दवाब परिरहेको छ । उनलाई आर्थिक समस्या परेपछि रुपन्देही जिल्लामा जिम तथा फिट्नेस व्यवसायी गर्ने हरुको संगठन रुपन्देही जिल्ला जिम फिट्नेस व्यवसायी संघ रुपन्देही का अध्यक्ष बिजेन्द्रमान श्रेष्ठ र महासचिव चन्द्रमान श्रेष्ठ को नेतृत्वमा २९ हजार ८ सय ५ रुपैयाँ सहयोग उपलब्ध गराएका थिए ।
बिष्णुमाया पुन एकल महिला हुन् । एक छोरा, एक छोरी र जन्मदिने आमा सहित चार परिवारको जिम्मेवार उनि माथि छ । दुर्घटना अघि बुटवल स्थित ए एण्ड ए हेल्थ कल्बका महिला प्रशिक्षक को रूपमा कार्यरत बिष्णुमायाको आर्थिक समस्या अहिले अलिक जटिल बन्दै गएको छ । तर आश्चर्य उनको आत्मबलमा कुनै कमी आएको छैन् । प्रयास निरंतर छ । अभ्यास निरंतरता छ । एकदिन म गरेर देखाउछु भन्ने अठोट छ उनीमा । अगाडि अध्यारो, अन्धकार देखिए पनि म भबिश्यमा सफल हुन्छु, हुन्छु उनि भन्छिन् । हाल निरन्तर बुटवल स्थित आफ्ना गुरु चन्द्रमान श्रेष्ठको निवोध एरोबिक एण्ड जिम मा एउटा खुट्टाको भरमा अभ्यास गर्न लागि परेकी छिन् र अरुलाई पनि सिकाउदै छिन् । उनको यो आत्म विश्वास , प्रयासमा हामी सबै मिलेर आ–आफ्नो क्षमता हैसियत अनुसार सहयोग गर्न र सहयोग जुटाउन सके राम्रो हुने थियो ।
बुटवल उप महानगर पालिका वार्ड न ६ ताइवन टोलमा स्थायी बसोबास गर्दै आएकी उनि बिष्णुमाया लाई फोन ९८६७२५३६१८ मा सम्पर्क गर्न सकिन्छ भने सहयोगी हातहरुले उनको मुक्तिनाथ बिकास बैंक लिमिटेड बुटवल शाखाको नाममा रहेकोे खाता नम्बर ०१७२०६००१७५७०६०००००१ मा सहयोग दिन र गर्न सकिनेछ ।
Get real time update about this post categories directly on your device, subscribe now.